उम्मेदवारको चुनाबी खर्च

मिनकुमार दाहाल, सिन्धुली, पुस १२ । 

मंसिर ४ गते सम्पन्न संविधान सभा निर्वाचनमा उम्मेदवार वनेका सिन्धुली जिल्लाका ३९ जना उम्मेदवारले अझै सम्मपनी निर्वाचनमा भएको खर्च बिबरण जिल्ला निर्वाचन कार्यालयमा वुझाएका छैनन् । सिन्धुली जिल्लावाट संविधान सभा निर्वाचनमा २२ दलका ४६ जना उम्मेदवार सहभागी भएका थिए । 

निर्वाचन आयोगले मतगणना घोषणा भएको ३५ दिन भित्र निर्वाचनमा भएको आफ्नो खर्चको बिवरण निर्वाचन कार्यालयमा वुझाउन सवै उम्मेदवाहरुलाई जानकारी गराएको थियो ।

मत गणना भएको ३५ दिन भित्रमा निर्वाचनमा भएको खर्चको बिबरण वुझाउने ७ जना मात्रै उम्मेदवारहरु रहेको जिल्ला निर्वाचन कार्यालयमा सुचना अधिकृत वद्रिनारायण श्रेष्ठले जानकारी दिनुभएको छ ।  निर्वाचको खर्च वुझाउने उम्मेदवारहरु एनेकपा माओवादीका हरिवोल गजुरेल, लेखनाथ दाहाल, नेकपा एमालेका गणेश पहाडी, कमलजंग राई, नेपाली काँग्रेसका मोहनप्रसाद वराल, विपीन कोइराला र खड्गवहादुर वाईवा मात्रै छन् ।

तिन ठुला दल मध्ये एमाओवादीका गंगानारायण श्रेष्ठ तथा नेकपा एमालेका उम्मेदवार उमा कोइरालाले निर्वाचनमा भएको खर्च विवरण निर्वाचन कार्यालयलाई वुझाएका छैनन । त्यसै खर्च विवरण नबुझाउनेमा नेकपा माले, संघिय समाजवादी पार्टी, ताम्सालीङ्ग पार्टी नेपाल, सहकारी पार्टी नेपाल लगायत ३९ रहेका छन् ।

खर्च विबरण वुझाउनेको के कति खर्च ? 


नेपाली काँग्रेस क्षेत्र नम्वर १ का उम्मेदवार विपीन कोइरालाले ९ लाख ९१ हजार ११ रुपैयाँ खर्च विवरण जिल्ला निर्वाचन कार्यालयलाई वुझाउनुभएको छ ।  

नेकपा एमाले क्षेत्र नम्वर १ का उम्मेदवार गणेश पहाडीले ९ लाख ९२ हजार खर्च विवरण निर्वाचन कार्यालयमा पेश गर्नुभएको छ ।  एमालेकै क्षेत्र नम्वर ३ का उम्मेदवार कमलजंग राईले ९ लाख २४ हजार ५ सय खर्च विवरण निर्वाचन कार्यालयालाई वुझाउनु भएको छ । 

सिन्धुली क्षेत्र नम्वर ३ का एमाओवादी उम्मेदवार हरिवोल गजुरेलले जिल्ला निर्वाचन कार्यालयमा ९ लाख ४२ हजार ८ सय खर्च भएको विवरण पेश गर्नुभएको छ । क्षेत्र नम्वर १ का सोही पार्टी एमाओवादी उम्मेदवार लेखनाथ दाहालले ९ लाख ४१ हजार ७७० रुपैयाँ खर्चको विवरण पेश गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ । 

नेपाली काँग्रेसकै क्षेत्र नम्वर २ का उम्मेदवार मोहनप्रसाद वरालले निर्वाचन खर्च ९ लाख ७० हजार रुपैयाँ निर्वाचन कार्यालयमा पेश गर्नुभएको छ भने नेपाली काँग्रेसकै क्षेत्र नम्वर ३ का उम्मेदवार खड्गवहादुर वाईवाले निर्वाचनमा भएको खर्चको विवरण निर्वाचन कार्यालयमा ८ लाख ९५ हजार दिनुभएको छ । 

खर्च विवरण नवुझाउने उम्मेदवाहरुलाई पत्र पठाएर जानकारी दिन आग्रह गर्ने निर्वाचन कार्यालका सुचना अधिकृत वद्रिनारायण श्रेष्ठले वताउनुभयो । 

Related

प्रमूखखबरहरु 1485868784108142818

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item