म्याद सकियो सडक कालोपत्रे भएन

http://sindhulidarpan.blogspot.com/2013/12/road_29.html
मिनकुमार दाहाल, सिन्धुली, पुस १४ ।
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ अस्पताल अगाडीको सडक कालोपत्रे गर्ने समयअवधि सकिन एक दिन वाँकी हुँदा सम्म पनि ठेकेदारले सडक कालोपत्रे गर्ने काम सुरु गरेको छैन । नगरपालीकाले पुस १५ गते सम्म सडक कालोपत्रे गरि सक्न अन्तिम चेतावनी पत्र दिएको छ ।
टेण्डर मार्फत कमलामाई नगरपालीकाले अन्जना निर्माण सेवासँग २०६९ फागुन ३० सडक कालोपत्रे गर्न सम्झौता गरेको थियो । जिल्ला अस्पताल अगाडीको २३२ मिटर सडक ६ महिना भित्र कालोपत्रे गरि सक्ने गरि अन्जना निर्माण सेवासँग नगरपालीकाले सम्झौता गरेको थियो । सो सडक कालोपत्रे गर्न कमलामाई नगरपालीकाले तिन पटक म्याद थपेको थियो ।
मुल्य अभिवृद्ध कर वाहेक २० लाख ६२ हजारमा सलडक कालो पत्रे गर्न अन्जना निर्माण सेवाका प्रोपाईटर मीनवहादुर श्रेष्ठले टेण्डर मार्फत ठेक्का लिएका थिए । सडक कालोपत्रे गर्ने निर्माण व्यवसायीले सडकमा वेस मात्रै राखेका छन् । अन्य केही काम गरेका छैनन् कमलामाई नगरपालीका योजना शाखाका प्रमुख विनोदवावु खकुरालले वताए । करिव ६ महिना अगाडी राखेको वेस भत्कीएर अहिले पानी जम्ने खाल्डै खाल्डा भैसकेको छ । कुल रकम २० लाख ६२ हजार रुपैया मध्ये ठेकेदारले १२ लाख ८० हजार रुपैयाँ नगरपालीकावाट लगी सकेका छन् ।
तिन पटक सम्म पनि हामीले दिएको म्यादलाई निर्माण व्यवसायीले व्यवस्था गरे पछि फर्मलाई कारवाही गर्ने प्रकृया अगाडी वढाएको कमलमाई नगरपालीकाको राजनितिक संयन्त्रका एक सदस्य वालकृण थापाले वताए ।
निर्माण व्यवसायीले राखेको धरौटी जफत गर्ने,ठेकेदारलाई कुल वजेटको दश प्रतिशत जरिवाना गर्ने र फर्मलाई कालो सुचिमा राख्ने निर्णय गरेको कमलामाई नगरपालीका कार्यकारी अधिकृत युवराज आचार्यले वताए । पछिल्लो समय ठेकेदार कार्यालयमा सम्पर्क राख्न छाडेका छन् । नगरपालीकाले सडक कालोपत्रे सम्पन्न गर्न दिएको अन्तिम म्याद यही पुस १५ गते सकिदै छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !