साना सिंचाई योजनामा डुव्लीकेशन

मिनकुमार दाहाल, सिन्धुली, पुस १८ ।

जिल्लाको विभिन्न स्थानमा छनोट हुदै आएको साना सिंचाई आयोजना सरोकार वाल कार्यालय विच समन्वय हुन नसक्दा योजनामा डुव्लीकेशन हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । साना सिंचाई योजना कृषि विकास कार्यालय,भु–संरक्षण कार्यालय जिल्ला विकास समिती, सिंचाई कार्यालय, वन कार्यालय,महिला विकास कार्यालय तथा विभिन्न गैर–सरकारी संस्थाहरुले छनोट गरि रहेका छन् । गत वर्ष जिल्लाको वेलघारी गाँउ विकास समिती संचालीत साना सिंचाई योजना अनुगमन गर्न गएको वेला हामीलाई थाहा हुन आएको छ ।

साना सिंचाई योजनामा पनि डुव्लीकेशन हुने रहेछ कृषि विकास कार्यालयका वरिष्ठ अधिकृत रमेशप्रसाद हुमागाईले वताउनुहुन्छ  । कृषि विकास कार्यालयले साना सिंचाई योजना वितरण गर्दा प्रमुख जिल्ला अधिकारी,स्थानिय विकास अधिकारी,जिल्ला वन,भु संरक्षण,महिला तथा वालवाली कार्यालय,सिंचाई कार्यालयका अधिकृतहरुको एक समितीले योजना छनोट गर्ने गरेको छ ।


 अनुगमनका क्रममा साना सिंचाई योजनामा डुव्लीकेशन हुने गरेको प्रमाण फेला प¥यो । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत हुमागाई स्विकार्नु हुन्छ  । वेलघारी गाविसमा भु–संरक्षण कार्यालय र जिल्ला विकास समितीले कृषकलाई दिएको योजना एउटै परेको रहेछ जिल्ला विकास समितीका योजना अधिकृत शुरेन्द्रथापा मगरले वताउनुहुन्छ ।

योजना छनोट गर्दा सम्वन्धीत कार्यालय विच समन्वय हुन नसक्दा योजनामा डुव्लीकेशन हुने गरेको कृषि विकास कार्यालयका वरिष्ठ अधिकृत हुमागाईको ठहर छ । कतिपय स्थानका योजनामा कृषहरुले फरक फरक व्यक्तीलाई उपभोक्ता समितीमा राखेर योजना मागेको देखीन्छ । कृषकहरुलेनै कार्यालयलाई झुक्याउने गरि उपभोक्ता समिती वनाएर पेस गर्दा कार्यालयलाई सक्कली नक्कली योजना छुट्याउन गाह्रो परेको हुमागाईको भनाई छ । योजना माग गर्ने सवालमा कृषकहरुको नियत पनि खराव देखिने गरेको छ ।

कार्यालयहरुले साना सिंचाईको नाममा पम्पसेट,इनार,कुलो मर्मत,कुलो निर्माण र पाईप खरिद गर्न कृषकलाई रुपैयाँ दिने गरेका छन् ।  कृषि विकास कार्यालयमा यस वर्ष १५३ वटा निवेदन साना सिंचाई योजना पाउँ भन्दै कृष समुह आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । सो शिर्षकमा ३२ लाख २५ हजार रुपैयाँ वितरण गर्न मन्त्रालयवाट निकासा आएको छ । यस वर्ष देखी योजनामा डुव्लीकेशन नहोस भनेर कार्यालयमा भएका प्राविधिकलाई कृषकले माग गरेका योजनाको अनुगमन गराईको उहा वताउनुहुन्छ । मन्त्रालयवाट आएको ३२ लाख २५ हजार जिल्ला विभिन्न स्थानमा ५० योजना छनोट गर्ने तयारी गरेको हुमागाईको भनाई छ ।

Related

प्रमूखखबरहरु 4235424495304816599

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item