यस्तो बन्दैछ नेपालकै दोस्रो लामो पक्की पुल

नविन श्रेष्ठ,सिन्धुली, पुस १९ । 

सिन्धुलीको सदरमुकाम तथा कमलाखोँज हुँदै उदयपुर तथा पुर्वी पहाडी जिल्ला जोड्ने गरी जिल्लाको कमलानदीमा नेपालकै दोस्रो लामो पक्की पुल निर्माण थालिएको छ । ३२ करोड रुपैयाँको लागतमा सिन्धुलीको रानिवास र हत्पते गाविस स्थित सिमाना जोड्ने गरी गत वर्षको कात्तिकबाट कमला नदीमा पक्की पुल निर्माण थालिएको हो । विश्व बैङ्कको अनुदान सहयोगमा निर्माण थालिएको पुलको निर्माण जिम्मा पप्पु लुम्बिनी जेभिले लिएको छ । 

उक्त पुल जिल्लाकै सबैभन्दा लामो र पुर्व—पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत धनुषा जिल्लामा कमलानदीमै निर्माण गरीएको पक्की पुल पछिको दोस्रो लामो पुल भएको निर्माण कम्पनी पप्पु कन्ट्रक्सनका प्रमुख हरिनारायण नुनियारले बताउनुभयो ।  यस पक्की पुलको कुल लम्बाई ५ सय ४६ मिटर लामो छ । यस अघि नेपालमै सबैभन्दा लामो पक्की पुल कमला नदी अन्तर्गत पुर्व—पश्चिम राजमार्गमा पर्ने धनुषा जिल्लामा निर्माण गरिएको छ । गत काक्तिकबाट निर्माण थालिएको सो पक्की पुलको निर्माण कार्य आगामी आर्थिक वर्ष ०७३÷०७४भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

 हेटौंडा—सिन्धुली—गाईघाट—चतरा बैकल्पीक सडक खण्ड अन्तर्गत पर्ने उक्त पुल डबल लेण्ड अर्थात ६ मटिर चौडाई र ५ सय ४६ मिटर लामो भएको सो पुल निर्माण आयोजनाका ईन्जीनियर अजित कर्णले बताए । पुल निर्माणका लागि कमला नदीमा १५ ओटा पक्की पिल्लर निमार्ण थालिएको छ । पिल्लर निर्माणको करीब ८० प्रतिशत काम सकिएको इन्जीनियर कर्णले थपे । यसैविच कमला नदीमा पक्की पुल निर्माण थालिएपछि कमलाखोंच क्षेत्रका सर्वसाधरण निक्कै खुसी भएका छन् । कमला नदीमा पक्की पुल निर्माणले कमलाखोंच क्षेत्रका एक दर्जनबढी गाविसका साथै त्यस क्षेत्रका सर्वसाधरण लाई सिन्धुली सदरमुकाम तथा उदयपुर लाहान हुँदै तराईका जिल्ला र पुर्वी पहाडी जिल्लामा जान आउनका लागि यातायातका साधनहरु सञ्चालन गर्न सजिलो हुने भएको छ ।

 यस अघि सिन्धुली जिल्ला अन्तर्गत कमला नदीमा एउटा पनि पक्की पुल नहुदाँ स्थानीयवासीलाई कमला नदीमा आउने बाढीले हरेक वर्ष दुःख दिने गरेको थियो । वर्षेनि वर्षायाम शुरु भएदेखि करीब ६ महीनासम्म कमलानदीमा आउने बाढीले कमलाखोंचवासी सदरमुकामसँग सम्बन्धविच्छेदजस्तै भएर बस्नुपरेको थियो । अव पुल निर्माणले नियमित यातायात सञ्चालन हुने हुँदा सर्वसाधरणको स्वास्थ्योपचार तथा दैनिक उपभोग्य सामाग्रीको वन्दोबस्त गर्न सहज हुनेमा स्थानीय वासिन्दाले खुसी व्यक्त गरेका छन।


Related

प्रमूखखबरहरु 6610133841372616142

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item