सिन्धुलीमा यातायातको क्षेत्रमा १ अर्ब वढी लगानी

सिन्धुली, पुस २२ । 

विभिन्न लामा तथा छोटा दुरीका राजमार्गले सिन्धुलीलाई जोडेपछि जिल्लाबाट चल्ने सवारी साधनको सख्यामा उल्लेख्य वृद्धि भएको छ । महेन्द्र राजमार्ग हुदै यातायात सञ्चालन हुने भएपनी, विपी राजमार्ग तथा मध्य पहाडी राजमार्गको विस्तारले यातायातको क्षेत्रमा लगानी गर्नेहरु वढेका हुन् ।

 सिन्धुली हुदै विभिन्न जिल्ला र राजधानी जोड्ने यातायात सञ्चालनको लागी १ अर्ब २२ करोड भन्दा वढी लगानी भईसकेको व्यवसायीहरु बताउछन् । विपी यातायात सेवा समिती सिन्धुलीका अध्यक्ष राजेन्द्र विक्रम थापा भन्नुहुन्छ, १ अर्ब २२ करोड ५० लाख यातायातमा लगानी भईसकेको छ । निर्माणधिन विपी राजमार्गमा सहज रुपमा यातायात सञ्चालन भईरहेको देखेर पनी नयाँ व्यवसायीहरु लगानी गर्न तयार भएको थापाको बुझाई छ । 

''बनेपा-सिन्धुली-वर्दिबास'' एवं मध्यपहाडी (पुष्पलाल) राजमार्गको निर्माण एवं विस्तारसगै जिल्लामा विपि यातायात, सिन्धुलीगढी यातायात, कमलामाई यातायात, हिमाल तराई यातायात लगायतले साना तथा ठुला गरी ५ सय ५० वढी सबारीसाधन सञ्चालन गर्दै आएका छन् ।  त्यस्तै थप सेवा विस्तार गर्न भन्दै करिब एक दर्जन यातायात सञ्चालन समिति जिल्लामा दर्ता भएको पनी वताईएको छ ।  अध्यक्ष थापाको अनुसार, सिन्धुलीबाट काकडभित्ता हुदै जनकपुर, विरगंज, पोखरा, काठमाण्डौ लगायत नेपालका मुख्य शहरहरुसम्म यातायात सञ्चालन हुदै आएको छ । 


Related

प्रमूखखबरहरु 3213484019263722771

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item