सिन्धुलीको सित भण्डार प्रयोग विहीन

मिनकुमार दाहाल, सिन्धुली, पुस १९ । 

जापान सरकारको आर्थिक सहयोगमा जुनार राख्नको लागी सिन्धुलीमा वनाईएको सितभण्डार प्रयोग विहिन अवस्थामा रहेको छ । सितभण्डार अहिले उद्योग स्थानाको आवश्यक पर्ने सामाग्री राख्ने स्टोरको रुपमा परिणत भएको छ । जुनार उत्पादन विक्री तथा सितभण्डार सहकारी संस्थालाई जापान सरकारले सितभण्डार निर्माण गर्न एक करोड रुपैयाँ आर्थिक सहयोग उपलव्ध गराएको थियो । सितभण्डार कमलामाई नगरपालीका–९ मा रहेको छ । 

२०५५ सालमा सितभण्डार संचालनमा आएको थियो । सितभण्डारमा कृषकहरुको जुनार,सुन्तला र आलु राख्न थालिएको थियो । लोडसेडीङ्घको कारण सितभण्डार संचालन गर्न समस्या भयो । विद्यृत्को समस्याले गर्दा सितभण्डार संचालन गर्ने वैकल्पीक व्यवस्था गर्न हामीले सकेनौ जुनार उत्पादन विक्री तथा
सितभण्डार सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद गौत्मले वताए । विद्युत् नभए पछि सितभण्डारमा राखेको जुनार,सुन्तला,आलु कुहिन थाले पछि कृषकहरुले सितभण्डारमा राख्न आफ्नो उत्पादन ल्याउन छाडेको अध्यक्ष गौतमले वताउनुभयो ।


सितभण्डार स्थापना भएको दुई वर्ष पछि २०५७ सालमै प्रयोग विहीन अवस्थामा छ । सितभण्डार संचालन गर्न समस्या भए पछि सुरज वैंधले स्थापना गर्न थालेको जुस उद्योगसँग मासिक ३० हजार रुपैयाँ भाडामा लिने गरि दिएका छौ गौतमले भन्नुभयो । सितभण्डार अहिले उद्योग स्थापना गर्न आवश्यक पर्ने सामान राख्ने गोदामा परिणत भएको छ । हामीले भाडा दिएकोले सितभण्डार भित्र के राखेको हामीलाई थाहा छैन जुनार उत्पादन सहकारीका अध्यक्ष गौतम भन्नुहुन्छ ।  

सितभण्डारको हाता भित्र जुस उद्योगले सिन्धुलीकै जुनार र भुईकटहरुको रसवाट जुस उत्पादन गर्ने उद्योग स्थापना गर्देछ । जापान सरकारले जुनारको राजधानी भनेर परिचित सिन्धुलीको जुनार कृषकले जुनार वेमौषममा विक्री गरि उचित मुल्य पाउन भन्ने उदेश्यले सितभण्डार स्थापना गर्न आर्थिक सहयोग गरेको थियो । 

Related

प्रमूखखबरहरु 848745519894931956

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item