जापानले बनायो खुर्कोटमा स्वास्थ्य चौकी

http://sindhulidarpan.blogspot.com/2014/01/healthpost.html
मिनकुमार दाहाल, सिन्धुली, माघ १० ।
जापान सरकारको सहयोगमा सिन्धुलीको भिमेश्वर खुर्कोटमा स्वास्थ्य चौकी निर्माण गरिएको छ । स्वास्थ्य चौंकीको आज नेपालका लागी जापानी राजदुत मेसासी ओगावाले उद्घाटन गर्नु भयो । खुर्कोटमा निर्माण भएको स्वास्थ्य चौकीको लागी जापान सरकारले ५० लाख रुपैयाँ अनुदान सहयोग गरेको थियो । भवन उद्घाटन गर्दै राजदुत ओगावाले जापान सरकारको जिजिपी फन्डवाट स्वास्थ्य चौकी निर्माण गर्न रकम उपलव्ध गराएको वताउनुभयो ।
भिमेश्वर गाविसका स्थानिय जनताको माग अनुसार जापान सरकारले स्वास्थ्य चौकी निर्माण गर्न रकम दिएको राजदुत ओगावाले वताउनुभएको छ । स्वास्थ्य चौकी १ सय ९९ वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । स्वास्थ्य चौकी नियमित रुपले संचालनमा आए सगै वर्षमा दश हजार मानिसले सेवा लिने आशा जापान सरकारले लिएको राजदुत ओगावाले वताउनुभयो । जापान सरकारको सहयोगमा निर्माण भैरहेको विपी राजमार्ग निर्माण सम्पन्न भए पछि जिल्लाका ग्रामिण वस्तीका मानिसहरुले थप सेवा पाउने छन् राजदुत ओगावाले भन्नुभयो ।
जापान सरकारले नेपाललाई यस्ता सहयोग भोलीका दिनमा पनि दिँदै जाने आफ्नो बुझाई रहेको वताउदै विपी राजमार्ग र भिमेश्वरको स्वास्थ्य चौकी निर्माणले नेपाल जापान विचको दुई पक्षिय सम्वन्धलाई अझ गहिरो वनाउन सक्ने राजदुतले दाबी गर्नुभयो ।
सो स्वास्थ्य चौकि निर्माण गर्न ५४ लाख रुपैयाँ लागेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर छविलाल थापा मगरले जानकारी गराउनु भएको थियो । स्वास्थ्य चौकीमा प्रसुती सहितका सेवाहरु उपलव्ध हुने डाक्टर छविलालको भनाई छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !