सिन्धुलीमा भालुको आक्रमण

सिन्धुली, माघ १२ ।
भालुको आक्रमणबाट सिन्धुलीमा  एक महिला घाईते भएकी छिन् ।सिन्धुलीको निपाने ६ खुट्टेपानीकी ३९ वर्षका केशरीमाया बोगटी भालुले टोक्दा घाइते भएकी हुन् ।

शनिबार दिउँसो साथीहरूसंगै घर नजिकैको जंगलमा घाँस काट्न गएको बेला बोगटीलाई भालुले आक्रमण गरेको हो ।

भालुको आक्रमणबाट घाइते बोगटीको टाउको, घाँटी, छाती तथा घुँडामा गम्भीर चोट लागेको छ । बोगटीको बर्दिवासमा रहेको शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ ।

Related

प्रमूखखबरहरु 2999449604091051948

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item