विद्यालय मर्च गर्न नदिने

http://sindhulidarpan.blogspot.com/2014/01/sindhuli_22.html
मिनकुमार दाहाल, सिन्धुली, माघ ८ ।
जिल्ला शिक्षा कार्यालयले विद्यार्थी संख्या कम भएका विद्यालयलाई गाभ्ने सुची तयार पार्न थाले पछि त्यसको विरोध सुरु भएको छ । कमलामाई नगरपालीका ७ मा रहेको वर्देउठाकुर प्राथमिक विद्यालय माझीटारका अभिभावकहरुले विद्यालय मर्चको विरोध गरेका हुन । सो विद्यालय जिल्ला शिक्षा कार्यालय नजिकै रहेको छ । वेर्देउठाकुर प्राविमा चार जना शिक्षक कार्यरत छन् । विद्यार्थीको संख्या अत्यन्तै न्युन छन् ।
शिक्षा कार्यालयको वर्देउठाकुर सहित सदरमुकामका वालमन्दिर प्रावी र प्रावी वोझेलाई गाभ्नको लागी पहिलो सुचिमा राखेको छ ।
वर्देउठाकुर विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सुरेन्द्रश्वर मोक्तान कमजोर आर्थिक अवस्था भएका आदिवासी जनजाती छात्र छात्रा अध्ययन गर्ने यस विद्यालयलाई अन्यत्र गाभ्ने काम कुनै पनी हालतमा हुन नदिने वताउनुहुन्छ । विद्यालय व्यवस्थापन समितीले जिल्ला शिक्षा कार्यालयलमा विद्यालय गाभ्ने कामको विरोध गर्दै ज्ञापन पत्र वुझाएको छ ।
वर्देउठाकुर प्राथमिक विद्यालय माझीटार । |
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !