सिन्धुली अस्पतालमा सेवा सुचारु

मिनकुमार दाहाल, सिन्धुली, माघ ८ । 

सिन्धुली अस्पतालका डाक्टरहरुले अस्पतालमा आउने विरामीलाई सेवा उपलव्ध गराएका छन् । शिक्षण अस्पताल महाराज गन्जमा आमरण अनसन वसेका डाक्टर गोविन्द केसीको समर्थन अन्य जिल्लामा डाक्टरहरुले सेवा अवरुद्ध पारेको भए पनि सिन्धुलीमा डाक्टरहरुले विरामीलाई सेवा प्रदान गरिरहेको छन् । 

डाक्टर केसी आमरण अनसन एउटा विषयलाई लिएर वसेकाले हामीले उनलाई नैतिक समर्थन गर्ने हो । नैतिक समर्थनमा ओपीडी वन्द गरेका छौ । ईमरजेन्सीमा वसे र सवै खाले विरामीको उचार गरेका छौ डा राहुल झा भन्नुहुन्छ ।

विरामीको उपचार गर्नु डाक्टरको दायित्व भएको हो झा भन्नुहुन्छ, जनताको स्वास्थ्यमा खेलबार्ड गर्नु नहुने ठानेर हामीले सेवा प्रदान गरेको छौ । अस्पताल वन्द गरेर आन्दोलनमा उत्रन  काठमाडौंवाट फोन आएको थियो हामीले त्यसो गरेनौ झाले भन्नुभयो । डाक्टर झा विहान दश वजे देखीनै अस्पतालमा विरामीको उपचार गर्न व्यस्त देखिन्थे । सिन्धुली अस्पतालमा पाँच जना डाक्टरको दरवन्दी छ ।




Related

प्रमूखखबरहरु 6904966862118411887

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item