नगरपालीकाले डोजर लगाएर घर भत्कायो

मिनकुमार दाहाल, सिन्धुली, पुस २५ ।

कमलामाई नगरपालीका सिन्धुलीले सडक अतिक्रमण तथा नक्सा पास नगरी बनाएका घरहरु भत्काउन थालेको छ । कमलमाई नगरपालीकाको मुख्य सडकवाट हाट वजार जाने सडक अतिक्रमण गरि वनाएका घरहरु आज विहिवार भत्काएको छ । 

सडक अतिक्रमण गरि सो स्थानमा घर वनाउने व्यक्तीहरुलाई घर भत्काउन नगरपालीकाले पटक पटक आग्रह गरेको थियो । नगरपालीकाको आग्रहलाई व्यवस्था गरे पछि डोजर लगाएर घर टहरा भत्काएको कमलामाई नगरपालीका सव इन्जीनियर बिनोदबावु खकुरालले वताउनुभयो ।

 सडक मिचेर घर वनाउने,घर वनाउँदा नक्सा पास नगर्नेहरुको घर भत्काएको नगरपालीकाले जनाएको छ । नगरपालीकाले नियम विपरित आफ्नो घरमा डोजर लगाएको  गोर्वधन श्रेष्ठले वताउनुभयो । नगरपालीमा निर्वाचित जनप्रतिनिधी नहुँदा कर्मचारी र राजनितिक दलका प्रतिनिधीहरुले व्यक्तीको सम्पतीमाथि डोजर लगाएको गुनासो गर्नुभयो ।
 


Related

प्रमूखखबरहरु 9211042936456583658

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item