एमाओवादीको सिन्धुली सम्मेलनमा तनाउ

सिन्धुली,वैशाख १६ । 
 सोमबारदेखि सुरु भएको एमाओवादीको सिन्धुली सम्मेलनमा आर्थिक हिनामिनाको काण्ड उठेपछि अहिले तनाउ बढेको छ । 

बन्द सत्रमा सहभागीहरुले डा.बाबुराम भट्टराईका स्वकीय सचिव रहेका गंगानारायण श्रेष्ठले आर्थिक हिनामिना गरेको मुद्दा चर्को रुपमा उठाएपछि उनले जिल्लाको निर्वाचन समिति संयोजकबाट राजीनामा दिएका छन् । 

राजीनामापछि सम्मेलन केही समयका लागि स्थगित गरिएको छ । उनले केन्द्रीय सदस्य, जिल्ला सदस्य र साधारण सदस्यबाट राजीनामा पेस गरेका छन् । 

बन्द सत्रका सहभागीहरुले उनले नेतृत्वको आडमा आर्थिक हिनामिना गरेको , संगठनमा पक्षपात गरेको आरोप लगाएका थिए ।  साभार:अन्नपुर्ण पोष्ट

Related

राष्ट्रिय 5800806304998800295

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item