विद्यालय आफैले किताव विक्री गरेको आरोप

http://sindhulidarpan.blogspot.com/2014/04/sindhuli_28.html
मिनकुमार दाहाल, सिन्धुली, वैशाख १४ ।
निजी विद्यालय आफैले खरिद गरेर विद्यालय नजीकैको पसलवाट किताव विक्री गर्न थाले पछि नेपाल विद्यार्थी संघ सिन्धुलीले आपत्ती जनाएको छ । विद्यालय नजिकैको कुनै पसललाई मेरो भन्न लगाएर किताव अभिभावकलाई विक्री गर्ने गरेको नेविसंघका सचिव ईश्वर वस्नेतले वताए ।
शिद्धस्थली वोडिङ्ग स्कुल आफैले गोल्डेन वुक्स एण्ड स्टेशनरीको नाममा ल्याएको किताव स्थानिय पसलमा विक्रीको लागी दिएको छ । पसलले विक्री गरि दिए वापत सामान्य कमिसन सन लिने गरेको उनले वताए । गोल्डेन वुक्स एण्ड स्टेशनरी पसल सिन्धुली वजारमा छैन् । त्यसै गरी सुर्योदय वोडिङ्ग स्कुलले जनर वुक्स एण्ड स्टेशनरी को नाममा किताव झिकाएर विद्यालय नजिकैको पसलमा राखेर अभिभावकलाई किताव वेचेकोे आरोप नेविसंघले लगाएको छ ।
जनता वोडिङ्ग स्कुलले विद्यालय प्रशासनवाटै किताव विद्यार्थीलाई वेच्न थालेका छन् । साईनिङ्गमुन एकेडेमीले विद्यार्थीलाई दश प्रतिसत,विद्यालयको खातामा दश प्रतिशत र व्यापारीलाई दश प्रतिशत कमिशन रकम वाडफाड गरेको नेवीसंघले वतायो । प्रतिशत वाँडफाड विद्यालयका प्रिन्सीपल नानीवावु घिमिरे विद्यालय संचालक समितीको निर्णय भएको वताए । समय पाठसाला,विद्याश्रम वोडिङ्ग स्कुल,न्युइङ्गलिस वोडिङ्ग स्कुलले कमिशन लिएर नजिकैका पुस्तक पसल मार्फत किताव विक्री गर्न लगाएको ठहर नेविसंघको छ ।
शिक्षालाई व्यापारी करण गरेर व्यक्ती मोटाउने खेलको अन्त्य हुनु पर्ने हाम्रो मान्यता भएको वस्नेतले वताए । नेविसंघले हरेक वोडिङ्ग स्कुलले कितावमा ३० प्रतिशत रकम छुट दिनु पर्ने माग गरेको छ । विद्यालयको छेउमा कसैले स्टेशनरी पसल खोलेर व्यापार गर्छ भने मैले उस्लाई कितावको लिष्ट दिने की नदिने सुर्योदय वोडिङ्ग स्कुलका प्रिन्सीपल सोनी पाण्डेले वताए ।
व्यापारीले अभिभावकलाई सित्तै किताव उपलव्ध गराए पनि आफुलाई कुनै आपत्ती नभएको उनले वताए । तर सो विद्यालयका अभिभावक प्रिन्सीपल सोनी पाण्डेको भनाई प्रति सहमती जनाउँ दैन । विद्यालय नजिक खोलेको पसलको लगानी विद्यालयले गरेको छ । किताव विक्री गरे वापत उनले दश प्रतिशत कमिशन लिने गरेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !