पाँच वर्ष पछि खुर्कोट पुल निर्माण

मिनकुमार दाहाल, सिन्धुली, असार ११ ।

सुनकोशी नदिमा पुल वनाउन सुरु भएको पाँच वर्ष पछि निर्माण सम्पन्न हुने भएको छ । सुनकोसी नदिमा निर्माण भएको सो पुल सिन्धुली र रामेछाप जिल्लालाई जोड्ने छ ।
पुल निर्माणको काम गर्न ठेकेदारले ढिलाई गरे पछि निर्माण कार्य अवरोध हुँदै आएको थियो । ठेकेदारले असार ११ गते सडक डिभिजन कार्यालय दोलखालाई पुल हस्तान्तरण गर्न लागेको छ ।
रामेछाप र  सिन्धुली जिल्लाको सिमाना पर्ने सुनकोसी नदिमा पुल नहुँदा तराईमा उत्पादन भएका सामानहरु रामेछाप दोलखा ल्यैजान समस्या हुँदै आएको थियो । तराईका जिल्लामा उत्पादन भएका सामानहरु काभ्रे, सिन्धुपाल्चोक ,दोलखा जिल्ला हुँदै रामेछाप लैजानु पर्ने वाध्यता थियो ।
करिव १६ करोडको लागतमा खुर्कोट पुल निर्माण गरिएको हो । पुल निर्माण गर्न एशियाली विकास वैंकले सहयोग गरेको पुल निर्माण कम्पनी शंकर काली निर्माण सेवाका इन्जीनियर दिपक थापाले वताए ।
यही ११ गते जसरी पनि पुल निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गर्नु पर्ने छ । अन्यथा कामको भुक्तानी एशियाली विकास वैंकले रोक्ने इन्जीनियर थापाले वताए । पुल निर्माण्को क्रममा करिव दुई वर्ष विवाद भएकोले काम गर्न ढिलाई भएको इन्जीनियर थापाको भनाई छ । पुलको दायाँ वायाँ जाली राख्न मात्रै वाँकी रहेको छ ।
सो पुल निर्माण भए जनकपुर अन्चलका ६ वटै जिल्लासँग सडक संजाल जोडिने छ । सुनकोसी नदिमा पुल नहुँदा जनकपुर अन्चलका दुई जिल्ला रामेछाप र दोलखा सँग जनकपुर अन्चलका अन्य चार जिल्लाको यातायात सिधै सम्पर्क थिएन ।

Related

प्रमूखखबरहरु 1622197420763826895

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item