जिविसमा करिव २ सय योजना, प्राविधिक हैरान

http://sindhulidarpan.blogspot.com/2014/06/ddc.html
मिनकुमार दाहाल, सिन्धुली, असार ९ ।
जिल्ला विकास समिति सिन्धुलीले आर्थिक वर्ष २०७० साल असार मसान्तमा सम्पन्न गर्नु पर्ने करिव २ सय योजनाहरु प्राविधिकलाई हेर्न हम्मे हम्मे परेको छ । जिल्ला विकास समितीवाट १ लाख ६० हजार देखी माथिका ५ करोड सम्मका योजना संचालनमा छन् ।
जिविस अनुदान,सांसद विकास कोष, ग्रामिण खानेपानी, कृषी सकड, विद्युत, झोलुङ्गे पुल, नदि नियन्त्रण, जिविसको आन्तरिक कोष, सडक, महिला लक्षित कार्यक्रम, आदिवासी लक्षित कार्यक्रम, जिल्ला प्राविधिक कार्यालय, भारतिय दुतावास सहयोग स्कुल निर्माण सहित करिव २५ करोड रुपैयाँ वारवर का योजनाहरु चालु आर्थिक वर्षमा संचालित छन् जिल्ला प्राविधिक कार्यालयमा रहेको ८ जनाको प्राविधिक जनशक्तिले २ सय योजना हेर्र्नु पर्ने वाध्यता रहेको इन्जीनियर ठाकुरले भने ।
जिल्ला प्राविधिक कार्यालयका ओभरसियर महेन्द्रप्रसाद साह मैले २० साना ठुला योजना हेरेको छु । एक वहादुर कोइरालाको भागमा ५० वटा योजना छन् । जिल्लाको पुर्व देखी पश्चिम सम्म रहेका योजान हेर्न जानु पर्ने भएकोले समस्या भएको ओभसियर साहले वताए । त्यसै गरी प्राविधिक कार्यालयका अर्का अभरसियर जगन्नाथ श्रेष्ठ भागमा परेका ३४ योजना हेर्न समस्या भएको वताउँछन् ।
योजना नहेरी सम्पन्न भयो भनेर प्रतिवेदन दिन पनि गाह्रो हुन्छ । आर्थिक वर्षृको अन्त्य हुने वेला भैसक्यो । कार्यालयमा सवै भन्दा गाह्रो ओभरसीयरलाई भएको श्रेष्ठले वताए । नहेरी प्रतिवेदन लेखौ काम नभएको होला कसैले उजुर दिए अख्तियार धाउदै साध्य हुँदैन । योजना संचालन भएका सवै स्थानमा पुग्न पनि समस्या भैरहेको छ ओभरसीयर श्रेष्ठले भने ।
जिल्ला विकास समिती अन्तरगत संचालन भैरहेको २६ वटा झोलुङ्गे पुल एक्लैले हेर्नु पर्ने वाध्यता रहेको सो कार्यक्रम हेर्ने ओभरसियर हिमाल विकले वताए । जिल्ला विकास समितीले योजना छनोट गर्दा कनिका छराई गरेको कारण प्राविधिक योजना संचालन भएको स्थानमा पुग्न समस्या भएको जिल्ला प्राविधिक कार्यालयका इन्जीनियर रामदेव ठाकुरले वताए ।
जिल्लामा योजना हेर्ने प्राविधिकको संख्या कम छ । योजना धेरै छ कसरी सवै योजना प्राविधिकले सहि तरीकाले हेर्न सक्छ इन्जीनियर ठाकुरले भने । जिल्ला विकास समितीले सिमित योजना छनोट गरे सवै योजनामा प्राविधिकको पहुँच पुग्न सक्ने ठाकुरले वताए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !