न्यायधिशले धान रोपे सिडीयोले हलो जोते

http://sindhulidarpan.blogspot.com/2014/06/sindhuli_29.html
मिनकुमार दाहाल, सिन्धुली, असार १५ ।
जिल्ला कृषि विकास कार्यालयले आयोजना गरेको ११ औं राष्ट्रिय धान दिवसको अवसरमा आयोजना गरिएको धना रोपाई कार्यक्रमा जिल्ला न्यायधिशले रोपारहरुसँग धान रोपे भने प्रमुख जिल्ला अधिकारीले हालो जोतेर धान रोप्ने खेतको गह्रा वनाए ।
असार १५ धान रोप्न दिवसको अवसरमा कृषि विकास कार्यालयले कमलमाई नगरपालीका ५ मा रहेको एकिकृत वहुउदेश्यीय सहकारी संस्थाले भाडामा लिएको जमिनमा धान रोप्ने कार्यक्रमको आयोजना गरिएको थियो । सहकारी संस्थाका महिला सदस्यहरुले न्यायधिश देवेन्द्र पौडेल, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेल तथा डिएस्पी नरेन्द्रराज उप्रेतीलाई धानको माला लगाई व्याड हातमा दिएर खेतमा धान रोप्न निम्तो दिएका थिए ।
प्रमुख जिल्ला अधिकारीले रोपाइमा पटाहा लगाएर सम्याएपछि न्यायधिश सहितको सरकारी, तथा गैरसरकारी संस्थाका प्रतिनिधीहरुले धान रोपेका थिए । प्रमुख जिल्ला अधिकारी र न्यायधिशले धान रोप्न खेतमा झरेपछि कृषहरुले उनीहरुलाई खेतको हिलो माटो हिलाम्मे वनाई दिएका थिए । कृषकको छोरा भएकोले धान रोप्न तथा खेतमा हलो जोत्न रमाइलो लाग्ने प्रजिअ पोखरेलले वताए । धान रोप्ने कार्यक्रमा जिल्लाका राजनितीक दल, उद्योगी व्यापारी, कृषक, संचारकर्मीहरु सहभागी भएका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !