दर्जन वढी राहत शिक्षक समातिए

http://sindhulidarpan.blogspot.com/2014/07/sindhuli.html
मिनकुमार दाहाल, सिन्धुली, असार १८ ।
जिल्ला प्रहरी सिन्धुलीले जिल्ला शिक्षा कार्यालयको गेटमा विभिन्न माग राख्दै ताला लगाउन गएका राहत शिक्षक संघर्ष समितीका शिक्षकहरु माथि लाटी चार्ज गर्दै पक्राउ गरेको छ । दर्जन भन्दा वढी शिक्षक पक्राउ गरेको छ ।

मन्जु देवकोटा, मिना आचार्य, मदन काफ्ले सहित करिव १४ जना शिक्षक पक्राउ परेका छन् । शिक्षा कार्यालयको काम काज रोक्न कार्यालयका मुल गेटमा ताला लगाउन थाले पछि शिक्षकहरु माथि लाटी चार्ज गरी प्रहरीले पक्राउ गरेको हो ।
गत वर्ष देखी सरकारले राहत शिक्षकहरुलाई दिने भनेको महंगी भत्ता उपलव्ध नगराएको विरोेधमा राहत शिक्षक संघर्ष समितीले शिक्षा कार्यालय सिन्धुलीमा तालावन्दी गरी शिक्षा कार्यालयको काम वुधवार रोक्ने कार्यक्रम आयोजना गरेको थियो ।

शिक्षकहरुलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रमोदकुमार क्षेत्रीको नेतृत्वमा गएको प्रहरी टोलीले लाटी चार्ज पछि पक्राउ गरेको थियो । कार्यालयको काम रोक्न अघि वढ्ने अराजक शिक्षकलाई पक्राउ गरिएको प्रहरी निरिक्षक क्षेत्रीले वताए ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !