लाइसेन्स नभई सवारी चलाउन दिनेलाई मुद्दा

http://sindhulidarpan.blogspot.com/2014/11/sindhuli_1.html
मीनकुमार दाहाल, सिन्धुली, कात्तिक १५ ।
सवारी चालक अनुमती पत्र नभएको व्यक्तिलाई ट्रयाक्टर चलाउन दिने सवारी धनी सर्लाही पत्थरकोट–५ का संग्राम सिँह वाईवालाई प्रहरीले पक्राउ गरी सवारी ज्यान मुद्दामा दर्ता गराएको छ ।
सवारी तथा यातायात व्यबस्था ऐन २०४९ को दफा १६१ अनुसार सवारी चालक अनुमती पत्र नभएका व्यक्तिलाई सवारी चलाउन दिई दुर्घटना गराएमा सवारी चलाउन दिनेलाई २ बर्ष सम्म कैद सजाय हुने व्यवस्था रहेको प्रहरी निरिक्षक नरेश सुवेदीले वताए । त्यही ऐनमा टेकेर सवारी धनीलाई ज्यान मुद्धा लगाएको उनले वताए ।
करिव डेढ वर्ष अघी सर्लाही पत्थरकोट गाविसका संजिब वाईवाले लु. १ त. ७३०९ नम्वरको ट्रयाक्टरमा खाद्यान्न तथा मानिसहरुलाई बोकी सर्लाहीको हरिवनबाट सिन्धुलीको क्यानेश्वर आउँदै गर्दा ट्रयाक्टर दुर्घटना भएको थियो ।
सो ट्रयाक्टरमा सवार यात्रुहरु मध्ये फुल माया थिङ्घ सहित ५ जनाको घटनास्थलमै ज्यान गुमाएका थिए भने लाल बहादुर तामाङ्घ सहित ५ जना गम्भीर घाईते भएका थिए । सवारी चालक संजिब वाईवा घटनास्थलबाट फरार रहेका थिए ।
घाईतेहरुले उपचार तथा क्षतिपुर्ति पनि कसैले पाएका थिएनन् । चालक संजिब वाईवा पक्राउ परेपछि उनको वयानको आधारमा सवारी धनी वाईवालाई ज्यान मुद्धा लगाइएको प्रहरीको भनाई छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !