सिन्धुलीका यातायात व्यवसायीले कहिलेसम्म ठगिरहने ?

मीनकुमार दाहाल, सिन्धुली, फागुन १२ । 

सार्वजनिक यातायातको भाडाको विषयमा कुरा उठेपछि जिल्ला प्रशासन कार्यालयले यातायात व्यवसायी, संचारकर्मी, उपभोक्ताहरुको उपस्थितीमा समस्या समाधानका लागी सार्वजनिक यातायात भाडा निर्धारण कार्यदल बताएको थियो । 

माघको पहिलो साता गठन भएको सार्वजनिक यातायात भाडा निर्धारण कार्यदलले माघको अन्तिम साता जिल्ला प्रशासन कार्यालयलाई आफुले तयार पारेको प्रतिवेदन बुझाएको थियो । तर उक्त कार्यदलले बुझाएको प्रतिवेदन झण्डै तीन साता वितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन ।

जिल्ला प्राविधिक कार्यालयका सव इन्जीनियर दुर्गाप्रसाद घिमिरेको संयोजकत्वमा बनेको कार्यदलले सडकहरुको प्रकार, सडक अनुसार भाडादर, बसभाडा र जीपभाडा समेत निर्धारण गरेर जिल्ला प्रशासन कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । 


कार्यदलले विपी राजमार्ग सिन्धुली देखी काठमाण्डौ कोटेश्वर सम्मको जीप भाडा ५ सय ४ रुपैया ३८ पैसा निर्धारण गरेको थियो भने बसभाडा ४ सय ३ रुपैया ५० पैसा निर्धारण गरेको थियो । जीपको भाडा बसको भाडादरमा २५ प्रतिशत थप गरी निर्धारण गरिएको छ । 

कार्यदलले जिल्ला भित्र तथा जिल्ला बाहिर जाने १५ वटा सडकको भाडा निर्धारण गरेको छ । कार्यदलका संयोजक दुर्गाप्रसाद घिमिरेले नेपाल सरकारले निर्धारण गरेको भाडादर, पेट्रोलियम पदार्थको मुल्य, सडकको स्तर, दुरी सवै कुरालाई अध्ययन गरेर उचित भाडा निर्धारण गरेर जिल्ला प्रशासन कार्यालयलाई प्रतिवेदन वुझाएको बताए । 

कार्यदलले विपी राजमार्गको काठमाण्डौ जाने सडकमा प्रति किमी २ रुपैया ६९ पैसा, जिल्ला भित्रको ग्राभेल सडकमा प्रति किमी ३ रुपैया ५० पैसा र ट्रयाक सडकमा प्रति किमी ४ रुपैयाँका दरले भाडा निर्धारण गरि प्रतिवेदन बुझाइएको समेत घिमिरेले बताए । 

कार्यदलले भाडा निर्धारण गरी जिल्ला प्रशासन कार्यालयलाई प्रतिवेदन बुझाईसकेपछि पुन सरकारले ४ देखी १० प्रतिशत सम्म भाडा घटाएको छ भने पेट्रोलीयम पर्दाथको मुल्य समेत घटिसकेको छ । यो अवस्थालाई हेर्दा उक्त कार्यदलले बुझाएको प्रतिवेदन समेत कार्यान्वयनमा नआउँदै पुन समायोजन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी जगन्नाथ शर्माले कार्यदलको प्रतिवेदन अपुरो रहेकाले कार्यान्वयनमा ल्याउन नसकिएको बताए । कार्यदलका सदस्य मध्ये एक जना सदस्यको हस्ताक्षर नभएको र हस्ताक्षर पछि कार्यान्वयमा ल्याइने शर्माको भनाई थियो । 

कार्यदलको प्रतिवेदन माथि असन्तुष्टी जनाउँदै कार्यदलका सदस्य तथा यातायात व्यवसायी कान्छामान बलले प्रतिवेदनमा दस्तखत गरेका छैनन् । 

Related

देशकै ठूलो औद्योगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योगमा तालाबन्दी

सुजाता ढुंगाना,  उदयपुर,पुस ७ । देशकै ठूलो औद्योगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा कार्यरतमजदुर तथा कर्मचारीहरुले उद्योगमा तालाबन्दी गरेका छन् । उद्योग व्यवस्थापन समक्ष समान कामक...

जवान हुन मन छ ? माछाको तेल प्रयोग गर्नुस्

एक नयाँ अध्ययनले नियमित व्यायाम सँगै माछाको तेल नियमित सेवन गर्ने मानिसमा बुढ्यौलीको समस्या छिटो नदेखिने तथ्य पत्ता लगाएको छ । माछाको तेलमा पाइने खास तत्वले शरीरका मांशपेशीलाई तन्दुरुस्त बनाउने र...

विद्यार्थी छुट कार्यान्वयन गराउन विद्यार्थीको माग

पोष्टराज पहाडी, सिन्धुली,पुस ७ । सार्वजनिक यातायातका साधनमा विद्यार्थीले पाउनुपर्ने ४५ प्रतिशत छुटको कार्यान्वयन गराउन जिल्ला प्रशासन कार्यालय सिन्धुली समक्ष सिन्धुलीका ४ विद्यार्थी संगठनले माग ग...

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon
:noprob:
:smile:
:shy:
:trope:
:sneered:
:happy:
:escort:
:rapt:
:love:
:heart:
:angry:
:hate:
:sad:
:sigh:
:disappointed:
:cry:
:fear:
:surprise:
:unbelieve:
:shit:
:like:
:dislike:
:clap:
:cuff:
:fist:
:ok:
:file:
:link:
:place:
:contact:

भर्खरैयो साता चर्चित

भर्खरै

एमाओवादीबाट हरिबोल गजुरेल मन्त्रिमण्डलमा सहभागी हुने

काठमाडौँ, २५ असोज । एकीकृत नेकपा(माओवादी)ले कोषाध्यक्ष हरिबोल गजुरेललाई आज मन्त्रिमण्डलमा सहभागी गराउने भएको छ ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को निवास लाजिम्पाटमा बसेको पार्...

पत्रकार लीलानाथ घिमिरे सम्मानित

काठमाडौं, ४ असोज । नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चले पत्रकारिताका माध्यमबाट समाजमा योगदान गरेको भन्दै बरिष्ठ पत्रकार लीलानाथ घिमिरेलाई शनिबार राजधानीमा सम्मान गरेको छ ।&...

सिन्धुलीलाई २ नम्बर प्रदेशमा नराख्न सभाषद्हरुको चेतावनी

काठमाडौं, २ भदौ ।  सिन्धुलीका नेता तथा वुद्धिजिवीले सिन्धुली जिल्लालाई कुनै पनि हालतमा प्रदेश नम्वर दुईमा मिसाउन नहुने र त्यस्तो गरिए सह्रय नहुने चेतावनी दिएका छन् ।  काठमाण्डौंको मिनभव...

यो साता चर्चित



item