सिन्धुली सदरमुकामको जग्गा कारोबारमा कमी, गाउँको मुल्य बढ्यो

मीनकुमार दाहाल, सिन्धुली, फागुन २४ । 

सिन्धुलीको ग्रामिण क्षेत्रमा जग्गाको मूल्य बढ्न थालेको छ । जिल्लामा सडक सञ्जालको विस्तारले जग्गा महंगो हुन थालेको हो । सिन्धुलीमा विपी, मध्यपहाडी र गाईघाट–चतरा–सिन्धुली–हेटौडा जोड्ने राष्ट्रिय मार्गहरु निर्माणाधीन अवस्थामा छन् । राष्ट्रिय मार्गहरुबाट सडक प्रत्येक गाविसमा जोडिएपछि ग्रामिण क्षेत्रका जग्गाको महत्व वढेको हो । 

सडक विस्तार हुनु पुर्व कम महत्वको रुपमा हेरिने ग्रामिण क्षेत्रका गाविसहरुमा जग्गाको मूल्य ह्वात्तै बढेको  छ । वीपी राजमार्ग र मध्यपहाडी राजमार्गले छोएका गाविसहरुमा मात्र नभइ नजिकका अन्य गाविसमा पनि जग्गाको महत्वमा बढोत्तरी भएको स्थानीयहरुको भनाई छ । 

सडक प्रभावले जिल्लाका ग्रामीण गाविसहरुमा समेत जग्गाको मुल्य बढेको छ । सडक विस्तार हुनु अगाडी प्रति रोपनी तीन लाख भन्दा कम मुल्यमा बिक्रि हुने गरेको जग्गा अहिले १३ लाख भन्दा माथिको मुल्यमा बिक्रि भइरहेको छ । 

विपी राजमार्ग र मध्य पहाडी राजमार्गले छोएका गाविसहरुमा त झन जग्गाको मुल्य आकाशिएको छ । सडक नबन्दासम्म प्रति कठ्ठा दुई तीन लाखमा बिक्रि हुने खुर्कोटको जग्गा हिजोआज बिस/बाईस लाखमा किनबेच भइरहेको स्थानीयले बताएका छन । 

विपी राजमार्गको निर्माणसँगै गढतिर क्षेत्रको भिमेश्वर, झागाँझोली रातमाटा र कुशेश्वर दुम्जा, पुरानो झागाझोली, सितलपार्टी गाविसको जग्गाको मुल्य आकाशिएको छ । 

त्यसै गरी मध्यपहाडी राजमार्गको निर्माणले गर्दा बाशेश्वर, भुवनेश्वरी, डुडभञ्ज्याङ्ग, खाङसाङ्ग लगायत स्थानमा जग्गाको मुल्य आकाशिएको स्थानिय ज्वालाप्रसाद न्यौपाने वताउँछन् । ती स्थानहरुमा काठमाडौं सहित देशका अन्य ठुला शहरका मानिसहरु व्यापार गर्ने हिसावले जग्गा खरिद गर्न थालेपछि जग्गाको मुल्य बढेको हो ।

सडक संजालले गाँउका बस्ती छुन थालेपछि सदरमुकाममा जग्गाको कारोबारमा कमी आएको छ । सदरमुकाम बाहिरका गाँउवस्तीमा सडक सञ्जाल विस्तारसँगै जग्गाको मुल्यमा बृद्धि आएको छ । सडक, विद्युत, शिक्षा, स्वास्थ्य लगायत अत्यावश्यक कुराहरुको गाउँमै विस्तार भएपछि गाउँको जग्गाको मुल्य बृद्धि भएको भिमेश्वर खुर्कोटका स्थानीय रामबाबु  थापाले बताए ।  

Related

प्रमूखखबरहरु 6788691538711613604

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item