खुर्कोटमा बेलुकी बस सुचारु गर्न सभासद्को माग

रासस,काठमाडौँ, फागुन २३ । काठमाडौँबाट विपी राजमार्ग भएर बनेपा–बर्दिबास हुँदै पूर्वी नेपालका जिल्लाहरुमा जान चाहने यात्रुलाई सिन्धुलीको खुर्कोटमा रहेको इलाका प्रहरी कार्यालयले बेलुकी ८ बजेपछि जान नदिँदा हजारौँ यात्रु मर्कामा पर्ने गरेका छन् । 

ओखलढुङ्गाबाट निर्वाचित नेपाली काँग्रेसका सभासद् रामहरि खतिवडाले आज विज्ञप्ति जारी गर्दै प्रहरीले रोक्दा दैनिक हजारौँ यात्रु समस्यामा परेकाले तत्काल यो व्यवस्था हटाउन सम्बन्धित पक्षसँग माग गरेका हुन् ।  


निर्माण कार्य भइरहेका बेला यातायातका सवारी साधन चलाउन दिएर एकै घटनामा ४७ जनाको निधन भएको थियो । “एक महिनाअघि विपी राजमार्ग निर्माण कार्य सम्पन्न भएपछि दुर्घटनाको कुनै समस्या नभएकाले खुर्कोटमा बेलुकी ८ बजे पूर्व जाने यात्रीलाई रोक्ने परिपाटी हटाउनुपर्छ”– सभासद् खतिवडाले भने ।  

पूर्वका ओखलढुङ्गा, सोलुखुम्बु, सिन्धुलीलगायत विराटनगर र जनकपुर क्षेत्रमा चल्ने साना सवारी साधनसमेत विपी राजमार्ग भएर चल्ने भएकाले यो राजमार्ग राति चल्न दिनुपर्ने माग पनि सभासद् खतिवडाले गरेका छन् ।  

Related

प्रमूखखबरहरु 6217027792973386937

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon
:noprob:
:smile:
:shy:
:trope:
:sneered:
:happy:
:escort:
:rapt:
:love:
:heart:
:angry:
:hate:
:sad:
:sigh:
:disappointed:
:cry:
:fear:
:surprise:
:unbelieve:
:shit:
:like:
:dislike:
:clap:
:cuff:
:fist:
:ok:
:file:
:link:
:place:
:contact:

भर्खरैयो साता चर्चित

भर्खरै

एमाओवादीबाट हरिबोल गजुरेल मन्त्रिमण्डलमा सहभागी हुने

काठमाडौँ, २५ असोज । एकीकृत नेकपा(माओवादी)ले कोषाध्यक्ष हरिबोल गजुरेललाई आज मन्त्रिमण्डलमा सहभागी गराउने भएको छ ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को निवास लाजिम्पाटमा बसेको पार्...

पत्रकार लीलानाथ घिमिरे सम्मानित

काठमाडौं, ४ असोज । नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चले पत्रकारिताका माध्यमबाट समाजमा योगदान गरेको भन्दै बरिष्ठ पत्रकार लीलानाथ घिमिरेलाई शनिबार राजधानीमा सम्मान गरेको छ ।&...

सिन्धुलीलाई २ नम्बर प्रदेशमा नराख्न सभाषद्हरुको चेतावनी

काठमाडौं, २ भदौ ।  सिन्धुलीका नेता तथा वुद्धिजिवीले सिन्धुली जिल्लालाई कुनै पनि हालतमा प्रदेश नम्वर दुईमा मिसाउन नहुने र त्यस्तो गरिए सह्रय नहुने चेतावनी दिएका छन् ।  काठमाण्डौंको मिनभव...

यो साता चर्चित



item