तिनकन्या वासी आफ्नै गाउँठाउँमै विद्युत उत्पादनका लागी जुट्दै

http://sindhulidarpan.blogspot.com/2010/11/blog-post_2073.html
प्रमिला बुढाथोकी ;सिन्धुली
मसिर ४,
देशनै लोडसेडिङको मारमा परेकॊ समयमा सिन्धुली तिनकन्याका स्थानीयबासिन्दाहरु आफ्नै गाँउठाँउमै विद्युत उत्पादनका लागि जुटिरहेका छन् । उनीहरुले अहिले तीनकन्यामा रहेको खेदा खोलामा लघु जलविद्युत आयोजना निर्माणको काम गरिरहेका छन् । गरिवि निवारण कोषको ३६ लाख जिल्ला विकास समितिको ४ लाख गाँउ विकास समितिको ४ लाख स्थानीय उपभोक्ताहरुबाट ५ हजार ३ सय ६४ रुपैया र जन श्रमदान समेत गरेर ४६ लाखको लागतमा लघु जलविद्युत आयोजना निर्माण गर्न लागिएको हो ।
गएको बैशाख महिनादेखि आयोजनाको निर्माण कार्य सुरुवात गरिएको खेदा खोला लघुजलविद्युत आयोजना उपभोक्ता समितिका सदस्य लालबशादुर श्रेष्ठले जानकारी दिनुभयो । हाल आयोजनामा पेल्ट्रिक सेट जडान गर्नका लागि कुलो खन्ने काम सम्पन्न भइसकेको उहाँको भनाइ थियो । १० किलोवाट क्षमता भएको आयोजना निर्माण भइसकेपछि आयोजनाबाट तिनकन्या गाविसका एक सय घरधुरी प्रत्यक्ष लाभान्वित हुने उपभोक्ता समितिले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !