विश्वकै होचा व्यक्ति खगेन्द्र अक्टोपसको सदभावना दुत ॥


काभ्रे ४,

विश्वकै होचा व्यक्तिको रुपमा गिनिज वुकमा नाम लेखाएका खगेन्द्र थापा मगर पर्यटन प्रवद्र्धनका लागि सद्भावना दुत वन्नुभएको छ । पर्यटन वर्ष २०११ लाई लक्षित गरी गत शुक्रवार काभ्रेको वनेपामा उद्घाटन गरिएको अक्टोपस ट्राभल एजेन्सीले सद्भावना दुतमा नियुक्त गरिएको हो ।
 थापाले विश्वमै नेपालको नाम उचों राख्न सफल भए जस्तै नेपालका विभिन्न स्थानहरु साँस्कृति तथा भौगोलिक दृष्टिले धनी रहेकोले विदेशी पर्यटकहरुलाई नेपालमा आकर्षित गरी नेपाललाई उत्कृष्ट पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न  यसले ठूलो भुमिका खेल्ने विश्वास अक्टोपस ट्राभल एजेन्सीको छ । सद्भावना दुत वनेपछि थापाले खुसी व्यक्त गर्दै नेपालमा रहेको विविधताको सम्मान गर्दै पर्यटन प्रवद्र्धनका लागि सक्दो भुमिका खेल्ने वताउनुभयो ।

Related

स्थानिय 4972201295144130728

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item