अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाईदै ॥


  मसिर ४,
 अन्तर्राष्ट्रिय बालअधिकार दिवस आज शनिवार नेपाललगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघले बालबालिका अधिकारसम्बन्धी घोषणापत्र १९५९ जारी गरेको र बालअधिकारसम्बन्धी महासन्धी १९८९ पारित गरेको अवसर पारेर हरेक वर्ष नोभेम्बर २० तारिखको दिन यो दिवस मनाइन्छ । नेपालमा बालबालिकाको क्षेत्रमा कि्रयाशील सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको आयोजनामा काठमाडौंसहित विभिन्न जिल्लामा बालअधिकारसम्बन्धी कार्यक्रम गरिरहेका छन् । 
नेपालले पनि दई दशक अघि अनुमोदन गरेको यो महासन्धीमा सबै बालबालिकाको विनाकुनै भेद्भाव शिक्षा स्वास्थ्य जीवन सामाजिक सुरक्षा विकास र सहभागिताको अधिकार सुरक्षित गरिएको छ । तै पनि नेपालका बालबालिकाको अबस्था अपेक्षित सुधार हुन नसकेको बालअधिकारको क्षेत्रमा कृयाशील संघसंस्थाले जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अनुसार नेपालमा ५ देखि १४ वर्षसम्मका ३१ प्रतिशत बालबालिका कुनै न कुनै प्रकारको श्रम शोषणमा परेका छन् ।

Related

स्थानिय 4477266447127096554

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item