माओवादी कार्यकर्ताको हत्या प्रकरणलाई प्रहरीले बङ्ग्याएको आरोप

http://sindhulidarpan.blogspot.com/2010/11/blog-post_7314.html
वटुकनाथ झा, जनकपुर ४,
एकीकृत नेकपा माओवादीका कार्यकर्ता मुकेश दत्तका हत्या काण्डमा पक्राउ परेका अभियुक्त लाई प्रहरीले सार्वजनिक गरेको एक दिननबित्दै एकीकृत माओवादीले प्रहरीले आफनो पार्टी विरुद्ध षडयन्त्र गरिरहेको आरोप लगाएका छन । शनिवार पत्रकार सम्मेलन गरेर माओवादी धनुषाका इन्चार्ज रोशन जनकपुरीले दत्त हत्या काण्डलाई बंग्याएर प्रहरीले माओवादी भित्र अन्तरविरोध गराउने षडयन्त्र गरिरहेकेा आरोप लगाएका छन् । अनुसन्धानको क्रममा पक्राउ परेका रतिश दत्तकी श्रीमती रजनी कर्णलाई अनुसन्धानका लागि बोलाई प्रहरीले आफ्नो अनुकुलको बयान पत्रमा हस्ताक्षर गराएर भय उत्पन्नगर्ने प्रयास गरिरहेकेा बताउनु भयो ।
मृतक मुकेश दत्त पनि आफ्नै पार्टीका कार्यकर्ता रहेकाले बास्तविक दोषी लाईकडा भन्दा कडा कारबाई हुनु पर्ने भएपनी निर्दोषलाई प्रहरीले दिई रहेकोमानसिक यातना अबिलम्ब रोक्नु पर्ने इन्चार्ज जनकपुरीले मांग गर्नु भयो । प्रहरीको अनुसन्धान प्रकि्रया माओवादीको बढदो जनाधारलाई सखाप पार्नेषडन्त्र रहेको भन्दै उहाँले यस विरुद्ध माओवादीले विस्तारित बैठक पछि राजनीतिक आन्दोलन गर्ने चेतावनी समेत दिनु भयो । छठ मनाउदै गर्दा हत्या भएको मुकेश दत्त हत्या प्रकरणमा प्रहरीले माओवादीधनुषा क्षेत्र नं। ४ का इन्चार्ज डाक्टर नारायण भनिने प्रमोद लाल कर्ण र माओवादी समर्थित पत्रकार रतिश दत्तलाई पक्राउ गरेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !