सवारी दुर्घटनामा परी एक जनाको ज्यान गयो अर्का एक घाइते ॥

http://sindhulidarpan.blogspot.com/2010/11/blog-post_3118.html
सुरेश विडारी महोत्तरि मसिर ६ -
पूर्व पश्चिम राजमार्ग अन्र्तगत सर्लाही हरिवन ६ नयाँ रोडमा सोमवार विहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । पूर्वबाट पश्चिम जाँदै गरेको ना २ ख ७१३७ नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिएर भाग्ने क्रममा ठेलामा ठोक्कीन गइ दुर्घटना भएको हो ।
ठेलामा ठोक्किएर ट्रक पल्टिएर किचेपछि ठेला चालक सर्लाही ढुङग्रेखोला ६ का ४५ बर्षिय शिवलाल भुजेलको घटनास्थलमै ज्यान गएको हो । घटनामा परी घाइते भएका मोटरसाइकल चालक महोत्तरी औरही घर भएका अमलेश चौधरीको सर्लाहीको हरिवनमा रहेको नमुना अस्पतालमा उपचार भैरहेको छ । ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यलय हरिवनका प्रहरी निररिक्षक कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !