महोत्तरी किसान नगरमा ४० वटा इनार एकैसाथ बन्दै ॥

http://sindhulidarpan.blogspot.com/2010/11/blog-post_5065.html
सुरेश विडारि महोत्तरि, मसिर ५-
वर्षौदेखि सधै हिउँदमा खानेपानीको समस्या झेलिरहेका महोत्तरी किसाननगरका स्थानीय बासिन्दाले अब त्यस्तो समस्याबाट मुक्ति पाउने भएका छन् । विषेश गरी खानेपानी समस्याले सताउने किसाननगर गाविसको वडा नं ६७८ र ९ नं वडाका लागि लक्षित गरेर ४० वटा इनार एकैसाथ निर्माण हुने भएपछि उनीहरुले यस्तो समस्याबाट मुक्ति पाउने भएका हुन् ।
ग्रामिण विकास कोषको आर्थिक तथा रतौली युवा क्लब धनुषाको प्राविधिक सहयोगमा यी वडाहरुमा एकैचोटी ४० वटा इनार निर्माण गर्न लागिएको हो । साथै यसै कार्यक्रम अन्र्तगत आएको तिन वटा चर्पि पनि स्थानीय किसाननगरका विद्यालयहरुमा बन्ने भएको छ । १ करोड १२ लाख ४६ हजार १ सय ८९ रुपैयाको लागतमा निर्माण हुन लागेको इनारबाट त्यस क्षेत्रका ७३३ घरधुरीका करिब तिन हजार पाँच सय उपभोक्ता लाभान्वित हुने बताइएको छ ।
२० घरका लागि एक इनार दिइने भएपछि निर्माण गर्नका लागि स्थानीय बासिन्दाले ८ लाख ५२ हजार १ सय ३३ रुपैया जुटाएको जानकारी दिनुहँुदै स्थानीय बलराम सिलवालले इनार खन्ने काम सुरु भैसकेको जानकारी दिनुभयो । इनार निर्माण भइसकेपछि त्यसको संरक्षणका लागि फुरबारी र कृष्ण नगर ग्रामिण खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गरी दुइवटा उपभोक्ता समिति पनि निर्माण गरिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !