रेडक्रस साखा सिन्धुलीको आयोजनामा प्रकोप जोखिम न्युनिकरण समिक्षा कार्यक्रम सम्पन्न ॥

http://sindhulidarpan.blogspot.com/2010/11/blog-post_8028.html
सिन्धुली मसिर ५-
नेपाल रेडक्रस शाखा कार्यलय सिन्धुलीको आयोजनामा आईतवार सिन्धुलीमाढीमा विद्यालयमा आधारित प्रकोप जोखिम न्युनिकरण कार्यक्रम समीक्षा तथ समन्वय वैठक सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाका १० विद्यालयहरुमा सन् २००८ देखी संचालन गरिरहेको विद्यालयमा आधारित प्रकोप जोखिम न्युनिकरण कार्यक्रमको प्रभावकारिता तथा निकट भविष्यमा के गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिएको थियो । यो कार्यक्रम फिनिस रेडक्रस र युरोपियन युनियनको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले संचालन गरिरहेको छ ।
नेपाल रेडक्रस शाखा कार्यलय सिन्धुलीका सभापति अशोक श्रेष्ठको सभापतित्व एव प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रेडक्रस शाखाका उपसभापति अर्जुन बरालले स्व्ाागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कपिलाकोट उमाविका शिक्षक नायक गोविन्द माझी चन्द्रावति उमावि वेलघारीका प्राचार्य केशवराज पहाडी रेडियो सिन्धुलीगढीका अध्यक्ष कृष्णहरी घिमीरे उद्योग वाणिज्य संघ सिन्धुलीका उपाध्यक्ष राजकुमार श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सभापति श्रेष्ठले आयोजना अन्र्तगत अहिलेसम्म गरिएका र संचालन गर्न बाँकी कार्यक्रमसहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
विद्यालयमा आधारित प्रकोप जोखिम न्युनिकरण कार्यक्रम सन् २०११ मा सम्पन्न हुदैछ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !