आदिबासी जनजाती महासंघ एकीकृत सिन्धुलीले जिल्ला प्रसासन कार्यलय सिन्धुलीमा १२ बुदे ध्यानाकर्षण पत्र वुझायो ॥


 सिन्धुली मसिर ५-
नेपाल कम्युनिष्ट पार्टी एकीकृतसँग सम्बद्ध जातीय संस्था अखिल नेपाल आदिबासी जनजाती महासंघ एकीकृत सिन्धुलीले आईतवार जिल्ला प्रशासन कार्यलय सिन्धुलीमा १२ बुदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
ध्यानकर्षण पत्रमा जिल्लामा बसोबास गरिरहेका ६२ प्रतिशत आदीबासी जनजातीलाई लक्षित गरी स्थानीय निकायले कार्यक्रम तर्जुमा गरिनुपर्नेनेपाल सरकारले निर्देशन गरेको आदीबासी जनजाती सशक्तिकरणका कार्यक्रमहरु कार्यन्वयन गरिनुपर्नेमातृभाषामा पढाइ गरिनुपर्नेविदेशी पेयपदार्थहरु विक्रीवितरणमा रोक लगाइ आदीबासी जनजातीका उत्पादनहरुलाई प्रर्वद्धन गरिनुपर्ने लगायतको उल्लेख गरिएको छ ।
ऋखिल नेपाल आदीबासी जनजाती महासंघ एकीकृत सिन्धुलीका अध्यक्ष लिला राना मगरको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यलयमा बुझाएको ध्यानाकर्षण पत्रको बोधार्थ जिल्ला विकास समीती र जिल्ला शिक्षा कार्यलयमा समेत बुझाएको महासंघ सिन्धुलीले जनाएको छ ।

Related

स्थानिय 2838563799203616705

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item