खुल्ला दिसा पिसाब मुक्त क्षेत्र घोषणा सिन्धुली जिल्लाकै सरसफाइको नमुना ॥


सिन्धुली ५-
सिन्धुली जिल्लाको बाहुनतिल्पुङ गाविसको गहते र तिल्पुङ डाँडाका बासिन्दाहरुले खुल्ला दिसा पिसाब मुक्त क्षेत्र घोषणा गरी गाँउलाई जिल्ला भरीकै सरसफाइको नमुना गाँउ बनाएका छन् । केहि समय अघि गाँउमा साचालन भएको खानेपानी तथा सरसफाई सम्बन्धीको कार्यक्रमले सरसफाईको महत्व बुझाएपछि उनीहरुले आफ्नो गाँउलाई सरसफाइको नमुना गाँउ बनाएका हुन् । दिसा पिसाब गर्नका लागि बारी र खोल्सा खाल्सी जानाले गाँउ फोहोर हुने गरेको भएपनि अहिले घर घरमा सौचालय निर्माण गरेपछि गाँउ नै सफा भएको स्थानीय डम्बरबहादुर मगरले बताउनुभयो । सौचालय बनाउन खानेपानी तथा सरसफाई कार्यक्रम साचालन गरेको नेपाल स्वास्थ्यका लागि पानी नेवाले विपन्न वर्गलाई एक बोरा सिमेन्ट रड पाइप र प्यान सहयोग गरेको स्थानीय बासिन्दाहरुले जानकारी दिएका छन् । नेवाले सबै नगरेको भएपनि बाँकी स्थानीय बासिन्दाहरुले पनि सरसफाइको महत्व बुझेपछि आफ्नै खर्चमा शौचालय निर्माण गरेका छन् । उनीहरुले गाँउमा सफा राख्न सरसफाइ समिति पनि गठन गरेका छन् । समितिले कोष खडा गरेको र जथाभाबी फोहोर गर्ने व्यक्तिहरुबाट जरिवाना असुली गरी त्यही कोषमा जम्मा गर्ने गरेको छ । शौचालय प्रयोग नगरी खुल्ला रुपमा जथाभावी मलमुत्र त्याग गर्नेहरुबाट रु १०० सम्म जरिवाना लिने गरेको सरसफाइ समितिका अध्यक्ष रामबहादुर थापामगरले जानकारी दिनुभयो । साथै खुल्ला दिसा पिसाव गर्ने व्यक्तिको पहिचान गर्ने व्यक्तिहरुलाई पुरस्कार समेत दिने गरिएको उहाँले जानकारी दिनुभयो । समाजमा बेइज्जत हुने डरले अहिले सबैले शौचालयको प्रयोग गरिरहेको स्थानीयबासिन्दाहरुले बताएका छन् ।


Related

स्थानिय 2360411039378311039

1 commentDefault Comments

  1. यो राम्रो कुरो हो । यसरी नै गाउँ गाउँ र बस्ती बस्ती सरसफाइसम्बन्धी चेतना अभिवृद्भि हुँदै गएपछि एकदिन त्यो सुनौलो दिन पनि आउनेछ, नेपालको कुनै पनि सार्वजनिक ठाउँहरूमा दिशापिशाब देख्नु दुर्लभ हुनेछ ।

    ReplyDelete

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item