स्वास्थ्य चौकीमा सुत्केरी गराउने महिलाको संख्या बढ्यो ॥

http://sindhulidarpan.blogspot.com/2010/11/blog-post_7631.html
प्रकाश सुन्दास काभ्रे ५-
सिन्धुपाल्चोक जिल्लाको दक्षिण पूर्वी भेगमा गर्ने लिसंखु गाविसमा रहेको स्वास्थ्ा चौकीमा प्रसूति गृहको स्थापना भएपछि स्वास्थ्य चौकीमा सुत्केरी गराउने महिलाहरुको संख्या बढेको छ । स्वास्थ्य चौकीमा सुत्केरी गराए बापत नेपाल सरकारले हिमाली जिल्लाहरुमा १५ सय सुत्केरी खर्च उपलब्ध गराउने र स्वाथ्यचौकीमा सुत्केरी गराउँदा आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था समेत सुरक्षित हुने भएकाले दिनप्रतिदिन सुत्केरी गराउने महिलाको संख्या बढ्दै गएको हो ।
२०६६ साल मंसिरबाट शुरु गरिएको प्रसूति गृहबाट हालसम्म २८ जना गर्भावति महिलाहरुले स्वास्थ्य चौकीमा सुत्केरी गराइ सकेको स्वास्थ्य चौकीका इन्चार्ज जोगेन्द मण्डलले जानकारी दिनु भयो । प्रसूति गृह नहुँदा विगतका वर्षहरुमा यस गाविसका गर्भवती महिलाहरुको अकालमै ज्यान जाने गरॆको र शिशुमृत्यु दर समेत बढेकाले प्रसूति गृहको स्थापना पछि मातृशिशु मृत्युदरमा कमी आएको स्वास्थ्य स्वयंमसेवीका चिनीमाया तामाङले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !