उद्योग नै बन्द हुने अवस्थामा ॥

बन्दना पौडेल मकवानपुर ,७ मिसंर- 
मकवानपुरको हेटौडा औद्योगिक क्षेत्रमा रहेको एभरेष्ट भिनाएल कम्पनीको व्यवस्थापन पक्षले मजदुरको मागको सम्बन्धमा चासो नदेखाएपछि उद्योग बन्द हुने अवस्थामा पुगेको छ । मजदुरहरुले उद्योग व्यवस्थापनलाई वार्ताको लागि पटक-पटक सम्पर्क गरे पनि व्यवस्थापन पक्षले चासो नदेखाएकाले उद्योग बन्द हुने अवस्थामा पुगेको हो ।
 मजदुरहरुले विगत ७ दिनदेखि उद्योग व्यवस्थापन समक्ष विभिन्न १७ सूत्रिय माग राख्दै आन्दोलन गर्दै आइरहेका छन् । वार्ताको माध्यमबाट समस्याको समाधान खोज्नुभन्दा पनि उद्योग व्यवस्थापनले वार्तामा बस्नुको साटो उद्योग बन्द गर्न खोजेको यूनियनका सचिव कृष्णप्रसाद घिमिरेले बताउनुभयो । माओवादी निकट अखिल नेपाल औद्योगिक मजदुर सङ्घ एभरेष्ट भिनाएल इकाइले बन्द गरेको उद्योग खुलाउन मजदुर र व्यवस्थापन पक्षबीच एकपटक मात्र वार्ता भएको छ । उद्योगमा गैरनेपालीसहित ३ सय ५० मजदुरहरु कार्यरत रहेका छन् । 

Related

स्थानिय 5662899129629768119

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item