अपहरित बालक चौधरी सकुशल अपहरण मुक्त अपहरणकारी पक्राउ ॥

शुभनारायण यादव र यमुना खनाल ,सिरहा ७ मसिर -
तीन साता अगाडि अपहरणमा परेका सप्तरीको बनौली गाविस ७ का शिवरुप चौधरीका १२ वर्षका छोरा जनक किशोर चौधरी मङ्गलवार बिहान प्रहरीको सहयोगमा सकुशल अपहरण मुक्त भएका छन् । सप्तरीको बनौली गाविसमा घर भई हाल सप्तरीको राजविराज ६ मदन नगरमा बस्दै आएको तथा स्थानिय देवकी बाल विघा मन्दिर राजविराजको कक्षा ५ मा अध्ध्यनरत १२ वर्षका बालक चैाधरीलाई कात्तिक १६ गते सप्तरीको कठौना बजारबाट अज्ञात् हतियारधारीहरुले अपहरण गरी लगेका थिए ।
अपहरित बालक चौधरीलाई जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक भुवनेश्रप्रसाद साहको नेतृत्वमा खटिएका टोलीले भारतको लौकही स्थित जिरोमाईलको झारी खोलाबाट अपहरण मुक्त गराएको हो । बालक चौधरीको अपहरणमा संलग्न मध्ये चार जनालाई प्रहरीले पक्राउ गर्न समेत सफल भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

Related

स्थानिय 1125731594346669686

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item