अनुराधा कोईराला सिएनएन हिरो २०१० हुनभएकोमा भगवती उच्च माविद्धारा खुसियाली कार्यक्रम ॥

सिन्धुली दपर्ण, मसिर  ७-

माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला सीएनएन हिरो २०१० को सम्मानबाट सम्मानित हुनुभएको खुशीयालीमा मङ्गलवार सिन्धुलीमाढीमा रहेको भगवती उच्च माविले एक कार्यक्रमको आयोजना गरि अविर जात्रा सम्पन्न गरेको छ । कार्यक्रममा विद्यालयका विद्यार्थी शिक्षक अभिभावक लगायतले खुशी व्यक्त गरेका हुन् । नेपाली महिला भएर विश्व बाटै छानिन सफल हुनु भएकोमा विद्यालयले खुशी व्यक्त गरेको हो । कार्यक्रममा बोल्दै विद्यालयका पि्र_िन्सपल कृष्ण उप्रेतीले नेपालकी महिलाले सो उपाधि जित्नु गौरवको कुरा भएको भन्दै यो सन्देश सवैले थाहा पाउन भनि कार्यक्रम गरिएको बताउनु भयो । उहाँले कोइरालाको कामको अनुशरण गर्नु पर्ने भन्दै विद्यार्थीहरु पढ्नुको अलावा मानवीय सेवामा पनि लाग्नु पर्ने पनि बताउनु भयो ।

चेलीबेटी बेचबिखनका क्षेत्रमा लामो समय देखि कार्यरत कोइराला विश्वबाट छानिएका १० जना मध्ये अनलाइन भोटिङको आधारमा सीएनएन हिरो बन्न सफल हुनुभएको हो । उहाँ दुई दशक अघि देखि अधिकारका क्षेत्रमा कार्यरत हुनुहुन्छ । सम्मान सँगै कोइरालाले पुरस्कार स्वरुप एक लाख अमेरिकी डलर पाउनु भएको छ ।

Related

स्थानिय 2150663150844769190

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item