जङ्गलबाट निस्केको बाँदरले लाखौको बालीनाली नष्ट

सुरेश बिडारी, महोत्तरी, मसिर १८-
सागरनाथ वन परियोजना जङगल क्षेत्रबाट बाँदरहरु निष्केर त्यस वरपरका किसानहरुको लाखौको बालीनाली नष्ट पार्न थालेका छन् । यसरी जङगल क्षेत्रबाट बाँदरहरु खेतबारीमा पसेर लाखौको बालीनाली नष्ट पार्न थालेपछि स्थानीय किसानहरु चिन्तित बनेका छन् । महोत्तरीको हाथिलेट रामनगर क्षेत्रमा यसरी बाँदरहरुले दुःख दिने गरेका छन् । सागरनाथ वन परियोजनामा प्राकृतिक वन मासेर मसला भिक्स जातका बिरुवा रोपिएपछि बासस्थान र आहाराको खोजीमा उनीहरु बस्तीतिर आउने गरेको किसानहरुले गुनासो गरेका छन् । बाँदरहरुले हाथिलेटको वडा नं ७ र ९मा र रामनगरको  ५६ र ९ वडा चिनीमिल क्षेत्रमा आएर अन्नबाली नष्ट पार्ने गरेका छन् । त्यस क्षेत्रमा लगाइएको लाखौँ मूल्य बराबरको उखु तिल गहतलगायतका बाली बाँदरहरुले नष्ट पारेको किसानहरुले बताएका छन् । हाथिलेटमा मात्रै कारी यादव भोला श्रेष्ठ राम एकवाल यादवलगायतका किसानहरुको १० विगाहाभन्दा बढी क्षेत्रमा लगाइउको अन्नबाली नष्ट पारिसकेको हाथिलेटबाट स्थानीय निर्मल तिम_िल्सनाले जानकारी दिनुभयो । बाँदरलाई धपाउन नचाहदा नचाहादै पनि पटाका भुइचम्पा जस्ता पदार्थहरु पड्काउन आफूहरु बाध्य भएको किसानहरुले बताएका छन् । यसैबीच पूर्व पश्चिम राजमार्ग अन्तर्गत माइस्थान र खयरमारा जङगल क्षेत्रबाट बाँदरहरु आहाराको खोजीमा राजमार्गमा नै आउने गरेका कारण दुर्घटनाको संभावना बढ्दै गएको छ । जङगल क्षेत्रबाट आहाराको खोजीमा निष्कॆका बाँदरहरु राजमार्गमा छ्यापछ्याप्ती देखिने गरेका कारण आफूहरुलाई सवारी चलाउदा समस्या आउने गरेको सवारी चालकहरु बताउँछन् ।

Related

स्थानिय 5916299957748698634

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item