कपाल काटेर जिल्लामा शान्तिसुरक्षा हुने भए निमिट्यान्नै पार्न त खौरिनुपर्छ

http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_631.html
सिन्धुली दपर्ण, पुस ५ -
समाजमा अशोभनिय कार्य गरेको भन्दै सोमवार पनि सिन्धुलीमा सशस्त्र प्रहीरले कपिलाकोट गाविसमा लामो कपाल पाल्ने कानमा मुन्द्रा लगाउने २५ जना युवाहरुको कपाल मुन्डन गरेको छ । गत मंसिर २० गतेदेखि शसस्त्र प्रहरीले लामो कपाल पाल्नेहरुको कपाल मुण्डन गर्ने कार्य गदै आएकॊ छ । यस अघि पनि सिन्धुलीमा १३३ जना भन्दा वढि युवाहरुको कपाल मुण्डन गरि सकेको छ ।
कपाल मुण्डन भएको प्रति गाउँघरका सम्पुर्ण अभिभावक खुसि भएको र स्वस्थ समाज निमार्ण गर्न यस्तो कार्य गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र वहादुर भण्डारले जानकारी दिनुभएको छ । नेपाली काग्रेस जिल्ला समिती सदस्य कान्छामान वलले कपाल काट्दैमा अपराधिक कि्रयाकलाप घट्ने र जिल्लामा शान्तिशुरक्षा हुन्छ भने कपाल खैरिनु नै राम्रो हुने अभिव्यक्ति दिनुभएको छ । अवका दिनहरुमा जोगी वाहेक कसैले पनि लामो कपाल पाल्न नपाउने पनि प्रमुख जिल्ला अधिकारि भण्डारीले भन्दै आईरहनु भएको छ । त्यस्तै प्रहरीले मेला जात्रामा जुवातास जाड र_िक्स वेचविखनमा पनि रोक लगाउदै आईरहेको छ ।
सम्क्रिन सोच को पराकाष्ठा
ReplyDeleteहोइन यो कस्तो सोचाइ हो जहा स्वस्थ समाज बनाउने नाम मा सर्बसाधार्ण को मानबअधिकार माथि खेलबाड गरिदै छ??नेपाल मा खास गरि सिन्धुली मा कहा छ मानबअधिकार?के सर्बसाधारण ले अब कपाल पाल्न पनि नपाउने?के कपाल ले समाज मा शान्ति सुरक्षा मा खलल पुर्याउछ??कहाँ र कुन देस मा छ एस्तो नियम जहा कपाल पाल्नु कानुनि अपराध हो?के सिन्धुली मा सुरक्षा कर्मी को यो मनोमानी बिरुद्द बोल्ने कोहि छैन??
aasish swiss
sindhuli
now switzerland