आठ वर्षको उमेरमै कपाल काटेर पढ्ने खर्च जोहो गर्दै

यमुना खनाल,  लहान, पुस ६ -


सिरहाको चन्द्रलाल पुर गाविस वडा नम्बर १ बस्ने राजकुमार ठाकुरका ८ वर्षका छोराले कपाल काटेर बोर्डिङ पढ्ने खर्च जुटाउँदै आउनुभएको छ । बालक विजयकुमार ठाकुर पढाईका लागि खर्च जुटाउन गाँउगाँउमा गएर कपाल काट्ने गर्नुहुन्छ । सिरहाको चोहर्वामा रहेको शाान्ति निकुन्ज ईङ्लिस बोर्डिङ स्कुलको कक्षा चारमा अध्ययन गर्ने बालक ठाकुरले परिवारको आर्थिक स्थिति राम्रो नभएकाले यसरी आफ्नो पढाइका लागि आफैले दुःख गरेको बताउनुभयो । विद्यालय बन्द रहेको दिन मात्रै कपाल काट्न गाउँ पस्ने ठाकुरले कपाल काटेर दिनको दुई सय रुपैयाँसम्म आम्दानी हुने गरेको बताउनुभयो ।


Related

स्थानिय 7860663856816900054

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item