निम्वुटारवेसिमा ३ किलोवाट क्षमताको लघुजलविधुत उत्पादन ३४ घरधुरि लाभान्वित हुने

http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_9523.html
सिन्धुली दपर्ण ,पुस ६ -
भद्रकाली गाविस ६ निम्वुटार वेसिमा लघु जलविधुत वाट उत्पादित वत्तिको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । तिन किलोवाट क्षमताको सो विधुत उत्पादनले ३४ घरधुरि लाभान्वित हुने वताईएको छ ।
भद्रकाली गाविसको आर्थिक अनुदान र स्थानिय वासिको सहायोग मा ६ लाख अठहत्तर हजारको लागतमा निर्मित लधुजलविधुत कार्यक्रमको नेपाल तामाङ् घेदुङ् सिन्धुलीका सचिव काजिमान थिङले उद्धघाटन गर्नुभएको थियो । कार्यक्रममा वत्ति वले जस्तै पिछडिएका व्यक्ति र समुदायमा चेतनाको वत्ती वल्न आवश्यक रहेको घेदुङका सचिव थिङ्ले वताउनुभयो । लघु जलविधुत भद्रकाली ६ को वादप खोलाको पोल्ट्रसेटवाट निकालिएको हो । देशले लोडसेडिङको मार खेपि रहेका अवस्थामा निम्वुटारवासिले भने कुनै समस्याविनानै विधुतको प्रयोग गर्न पाउने भएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !