ट्रयाक्टर दुर्घटनामा चालक सहित २ को मृत्यु

सिन्धुली दपर्ण, पुस ७ -

सिन्धुलीको भिमेश्वर गाविस स्थित विपि राजमार्गको खुर्कोट बारा खण्डमा आज ट्याक्टर दुर्घटना हुदा चालक सहित २ जनाको मृत्यु भएको छ भने अन्य ४ जना गम्भिर घाइते भएका छन ।
सदरमुकाम सिन्धुलीमाढीवाट चामल लिएर खुर्कोट जादै गरेको ना ३ त २०३६ नं ट्याक्टर दुर्घटना हुदा पोखरी गाविस १ का ट्याक्टर चालक ३५ वर्षिय मोहन आले  र यात्रु तिनकन्या गाविसका २२ वर्षिय सन्तु पौडेलको दुर्घटना स्थलमै मृत्यु भएको हो ।
गम्भिर घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टरमा सवार अन्य १ जना सामान्य घााइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव निरिक्षक महेन्द्र शाहाले जानकारी दिनुभएको छ ।

Related

स्थानिय 4851363608823107857

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item