दुई अभियुक्तलाई प्रहरिद्धारा सार्वजनिक


लोकहरि आचार्य, पुस ७ -  



सिन्धुलीको हरिहरपुरगढी र कमलामाई १० कर्करेमा भएको घटनामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरि वुधवार  सार्वजनिक गरेको छ । कर्करेमा कार्तिक ३० गते लागेको मेलामा भएको झगडामा स्थानीयबासी रामकाजी श्रेष्ठको मृत्यु भएको थियो । सो घटनामा संलग्न भएको आरोपमा कमलामाई ७ माझीटारका गोविन्द भनिने गोपाल ठकुरीलाई कमलामाई ११ चुरे जंगलबाट पक्राउ गरिएको प्रहरीले  वुधवार पत्रकार सम्मेलनमा जनाएको छ । 
त्यस्तै हरिहरपुरगढी गाविस वडा नं १ सोलीघोप्टेमा भएको गोलीकाण्डाका अभियुक्तलाई पनि ललितपुरको लुभु गाउँबाट पक्राउ गरि सिन्धुली ल्याएको छ । गोली प्रहारबाट स्थानीयवासी मानछिमाया घलानको मृत्यु भएको थियो । गोली प्रहार गर्ने काभ्रे जिल्ला बनखु ६ स्थायी घर भई ललितपुर लुभु डेरा गरि बस्ने २५ वर्षिय निर्मल घलानलाई प्रहरीले पक्राउ गरेको हो । घलानको खुकुरी प्रहारबाट अन्य दुई जना घाइते भएका थिए । दुवै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related

स्थानिय 8919051900419866758

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item