गुहिणी आमाहरु प्राविधिक शिक्षातर्फ आर्कर्षित

http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_1180.html
सुरेश विडारी/महोत्तरी/माघ ११

यसै बर्षबाट बर्दिबासमा रारा प्राविधिक शिक्षालयले सिएम ए तथा ल्याब असिसटेन्ट कोर्षमा अध्यापन गराउन थालेपछि उनीहरु यसतर्फ आकृर्षित भएका हुन् । प्राविधिक शिक्षा बर्दिबासमै पाइने भएपछि लामो समयदेखि पढाइ छाडेर बसेका गृहणी आमाहरु पनि उत्साहित भएर अध्ययन गर्न थालेका छन् ।
वि।स। २०४९ सालमै एस एल सी परीक्षा दिएर बस्नु भएकी बर्दिबास तिनकी मुना पाखरेल आफूलाई सिएमए पढ्ने रहर हुँदा हुँदै पनि पहिले विभिन्न कारणले पढ्न नपाएको दुखेसो गर्नुहुँदै बर्दिबासमै प्राविधिक शिक्षा आएपछि महिलाहरुलाई सजिलो भएको बताउनु भयो । प्राविधिक शिक्षा लिनका लागि उमेरको हदबन्दी नभएकै कारण रारा प्राविधिक शिक्षालयमा अध्ययन गर्ने झण्डै ४० प्रतिशत भन्दा बढी विद्यार्थीहरु गृहिणी आमाहरु नै रहेको रारा प्राविधिक शिक्षालयका अध्यक्ष हिक्मत वलीले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !