सघीयताको विरोध गदै राष्ट्रिय जनमोर्चा सिन्धुलीमा


सिन्धुली दर्पण/माघ ९ -

राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष विरबहादुर गोलेले ठुला तिन दलका कारण संविधान बन्न नसकेको आरोप लगाउनु भएको छ । उहाँले दलहरुले विगतमा गरेका सहमतिहरु उल्लंघन गरेका कारण अहिलेको परिस्थिति निम्तिएको बताउनु भयो । आज आईतवार सिन्धुलीमाढीमा राष्ट्रिय जनमोर्चाले गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष गोलेले यस्तो बताउनु भएको हो । 

गणतन्त्र राष्ट्रियता शान्तिको पक्षमा तथा संघियता विरुद्ध राष्ट्रिय जनअभियान भन्ने मुल नाराका साथ पुस १० गतेबाट राष्ट्रिय जनमोर्चाले सुरु गरेको अभियानका बारेमा जानकारी गराउन गरेको पत्रकार सम्मेलनमा उहाँले राजतन्त्रको अन्त्य भए पनि समान्ति व्यवस्था कायम रहेको भन्दै दलहरु गणतन्त्र संस्थ्ागत गर्न भन्दा पनि सत्ता केन्द्रित राजनीतिमा लागेको बताउनु भयो ।

संघीयताको विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले ४ वटा टोली बनाई देश व्यापी रुपमा जनअभियान सुरु गरेको थियो । त्यस्तै आजै राष्ट्रिय जनमोर्चाले सिन्धुलीको लोकतान्त्रिक चौरमा कोणसभा समेत सम्पन्न गरेको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष विरवहादुर गोलेको नेतृत्वमा केन्द्रिय सदस्य सुरेन्द्र भण्डारी राष्ट्रिय जनमोर्चाकी सभासद् मीना पुन लगायतको टोली सिन्धुली आइपुगेको हो ।

Related

स्थानिय 6608385317541267427

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item