सहकारी पसलमा चोरी,चारी गरेकोमा क्षमा गरिदिन पत्र मार्फत जानकारी

http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_8981.html
सुरेश बिडारी/महोत्तरी/माघ ९ -
महोत्तरीको गौरिबासमा रहेको जन उपभोक्ता सहकारी संस्थाले साचालन गरेको सुपथ मुल्यको सहकारी पसलमा शनिवार राती चोरी भएको छ । गौरिबास -२ मा रहेको सुपथ मुल्यको पसलबाट अज्ञात व्यक्तिहरुले राति नगद र सरसमान चोरी गरेर लगेको बिहान थाहा भएको सहकारीले जनाएको छ ।
पसलबाट लगभग २० हजार नगद केही चुरोट र पाँच कार्टुन चाउचाउ चोरी भएको सहकारीका अध्यक्ष केदार प्रसाद ढुङगानाले जानकारी दिनुभयो । पसलमा लगाइएको ताल्चा फोडेर भित्र पसी चोरले नगद र सरसमान चोरेको उहाँले बताउनुभयो । चोरी गर्नेले पत्र लेखी आफूले गल्ती गरेकोले क्षमा दिन आग्रह समेत गरेकोले घटना रहस्यमय बनेको छ । स्थानीय उछृङखल व्यक्तिहरुले नै घटना घटाएको हुन सक्ने स्थानीय बासिन्दाले अनुमान गरेका छन् । घटनाबारे इलाका प्रहरी कार्यलय बर्दिबासलाई बिहानै जानकारी गराइएको थियो । घटनाबारे थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !