मृगौलारोगी थापामगरको उपचार सहयोगार्थ सास्कृतिक कार्यक्रम सम्पन्न


सिन्धुली दर्पण/माघ ९ -
सगींतकार तथा नाट्यकार मृगौला रोगी राजु थापामगरको उपचार सहयोगार्थ शनिवार सिन्धुलीमाढीमा बिबिध सांकृतिक कार्यक्रम सम्पन्न भएको छ ।
स्थानिय प्रस्तावित मानविय हितका लागी जागरुक यूवाको आयोजनामा सिन्धुलीको भद्रकालीका राजु थापामगरको उपचार सहयोगार्थ भएको कार्यक्रममा सिन्धुलीकै हास्य कलाकार यादव देवकोटा सरापेको विशेष प्रस्तुती रहेको थियो भने परिवर्तन जागरण क्लव सिन्धुली कला तथा सास्कृतिक प्रतिष्ठान ईसाक आधुनिक नमुना एकेडेमी गगां ईङलिस वोडिङ स्कुल त्यस्तै वरुण लामिछाने,भानुभक्त गुरुङ्, मन्जु तिरुवा,विज्ञानराजशर्मा, लगायतकाले गितगजलकविता एवम् नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विभिन्न व्यक्तिहरुले थापाको उपचारका लागी सहयोग गर्नुभएको र कार्यक्रमवाट करिव डेड लाख रुपैया संकलन भएको आयोजकले जानकारी दिएको छ । थापा २०६७ वैशाख २६ गतेवाट मृगौलाको रोगवाट पिडित हुनुभएको हो । उहाको उपचारका लागी १५ लाख लाग्ने उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन ।

Related

स्थानिय 8976803093889417567

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item