मध्यमााचल क्षेत्रीय महोत्सवको उदघाटन राष्ट्रपतिले गर्ने




सिन्धुली दर्पण/माघ १३ -


सिन्धुलीमा यही माघ २७ गतेदेखी सुरु हुन गइरहेको मध्यमााचल क्षेत्रीय महोत्सवको उदघाटन माघ २८ गते दिउँसो २ वजे राष्ट्रपति रामवरण यादवले गर्ने हुनुभएको छ । आज विहिवार मध्यमााचल क्षेत्रीय महोत्सवका आयोजकले प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो । सिन्धुलीमा महोत्सवको तयारी तिव्र पारिएको छ ।

सिन्धुलीका विभिन्न पर्यटकीय तथा धार्मिक महत्वका स्थानहरुको प्रचारप्रसार एंव सरसफाइ अभियान पनि सुरु गरिएको छ । साथै सिन्धुली भित्रने विभिन्न नाकाहरुमा स्वागत गेटसमेत निर्माण गरिएको र सिन्धुली भित्रने तथा वाहिरीने गाडिहरुमा समेत महोत्सवको तुलहरु लगाईएको छ ।

मध्यमााचल क्षेत्रिय महोत्सव भएकाले मध्यमांचल भित्रका सम्पुण रेडियो,टिभी पत्रपत्रिका एवम् अनलाईन खवरहरुवाट समेत प्रचारप्रचार तिव्र वनाईएको सिन्धुली उधोग वाणिज्य सघंका अध्यक्ष मिन वहादुर श्रेष्ठले वताउनुभयो । 

Related

स्थानिय 6536144627429025871

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item