दलहरु मिलेर सिवंधान नवनाए देशले भयावह अवस्था भोग्नुपर्छ ः नेता थापा


सिन्धुली दर्पण/माघ १४ -

नेपाली काग्रेसको क्षेत्रिय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सिन्धुलीको भिमस्थान गाविस वडा नम्वर ७मा  आजवाट सुरु भएको छ । नेपाली काग्रेसका केन्द्रिय सदस्य एवं सभाषद नविनराज जोशीको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा नेपाली काग्रेसका युवा नेतासभाषद एवं केन्द्रिय सदस्य गगन थापाले सविधान सभाको समयसिमा अत्यन्त कम रहेको हुदा सवै दलले सिवंधानका धाराहरुमा सहमति जुटाएको खण्डमा मात्र सिवंधान वन्ने हैन भने दशले  भयावह अवस्था वेहोर्नुपर्ने हुदा अवपनि सानातिना कुरामा दलहरु अल्झिएर वस्न नहुने वताउनु भयो ।
कार्यक्रममा थापाले माओवादी देशको ठुलो पाटी भएरपनि अन्य पाटीहरुमाझ अभिभावकको भुमिका निभाउन नसकेको हुदा अव माओवादीलाई जनताले गदै आएको विश्वासमा  संकट देखापरेको उल्लेख गर्नुभयो । तिन दिनसम्म चल्ने उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटनमा वोल्दै थापाले नेपाल सिघंयतामा जानासाथ दिन दुईगुणा रात चौगुण परिवर्तन हुदै देश विकास हुने नभई राज्य प्रणालीको सामान्य रुप मात्र भएको हुदाँ अवको ४ महिनाको समयभित्र नेपाली काग्रेस सिवंधान वनाउन हरतरहले लाग्नेपनि वताउनुभयो । प्रशिक्षण कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य एवं सभाषद पुष्पा भुषाल पुर्व जिल्ला सभापति एवं पुर्व स्वास्थ्य मन्त्री विपिन कोईरालाजिल्ला सभापति मोहन वराल काग्रेस काभ्रे पुर्व सभापति मधु आचार्य एवं अन्य जिल्ला सदस्यहरुको सहभागितामा श्री भवानी उच्च मावीको प्राङ्गणमा उद्घाटन कार्यक्रम भएको हो । 

Related

विचाररसाहित्य 1654371091390177223

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item