
http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_7534.html
विद्यार्थी महासंघको क्याम्पस इकाई समिति गठन
पारखी माइला तामाङ११ माघ
सिन्धुलीमाढी स्थित सिन्धुली बहुमुखी क्याम्पस ढुङ्ग्रेबासमा नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको क्याम्पस इकाई समिति गठन भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सिन्धुलीका अध्यक्ष सूर्य पाख्रिनको प्रमुख आतिथ्यमा मङ्गलवार सम्पन्न भेलाले सुमित्रा मंग्राती मगरको अध्यक्षतामा तीन सदस्य पछि थप गर्ने गरी १५ सदस्यीय आदिवासी जनजाति विद्यार्थी महासंघको क्याम्पस इकाई समिति गठन गरेको हो ।
समितिका अन्य पदाधिकारीहरूमा तारा बहादुर माझी उपाध्यक्ष, सूर्य बहादुर स्याङ्बो सचिव, सरला सुनुवार सह-सचिव, र जेनिसा हायू कोषाध्यक्ष रहेका छन् । त्यस्तै सदस्यहरूमा निरूता बोम्जन, रीता थिङ, गौतम थिङ, गंगा सुयाल मगर, महेस पाटा मगर, लिला थापा मगर र दूर्गा भूजेल चयन भएका छन् ।
आदिवासी जनजाति विद्यार्थी महासंघ क्याम्पस इकाई समितिका पूर्व अध्यक्ष अमर लामाको अध्यक्षता भएको भेलामा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सिन्धुलीका सह-सचिव गोकुल भुजेल, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य रूद्र पुलामी लगायतले मन्तव्य राख्नु भएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !