जिप्रका धनुषामा राखेको २० ल्यापटप हेर्दाहेदै गायब


सिन्धुली दर्पण/माघ १२ -



जिल्ला प्रशासन कार्यालय धनुषाबाट २० वटा ल्याप टप गायब भएको छ । शिक्षामा जोर दिने उद्देश्यले करिव अढाई वर्ष अगाडि सम्पन्न गैर आवासीय नेपालीहरुको जनकपुरमा भएको सम्मेलनले जनकपुरको सरस्वती उच्च माविलाई ७० वटा ल्यापटप प्रदान गर्ने निर्णय गरेको थियो । शिक्षामा विकासका लागि परियोजना कार्यक्रमअन्र्तगत क्यानडामा बस्दै आएको  गैरआवासीय नेपाली आदित्य झाको पहलमा ७० वटा ल्यापटप जनकपुरको सरस्वती उच्च माविका लागि प्रदान गरिएकेा थियो ।
 तर तत्कालिन समयमा परियोजनाअन्र्तगत ल्यापटप विद्यार्थीलाई हस्तान्तरण गर्न नसकिदा सुरक्षाका दृष्टिकोणले जिल्ला प्रश्ाासन कार्यालयमा ३ वटा वि्रफकेशमा रहेको ७० वटा ल्याप्टप राखिएको थियो । अहिले आएर ती ल्याप्टप लिन जाँदा २ वटा वि्रफकेशमा रहेकेा ५० वटा ल्याप्टप मात्र भेटिएको छ भने अन्य बाँकी २० वटा गायव भएको छ । 

Related

विचाररसाहित्य 8832249516002824049

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item