नेपाल पत्रकार महासङ्घको नेतृत्वमा वाम बर्चस्व
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_05.html
सिन्धुली दर्पण/वैशाख २२
पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घमा पहिलोपटक वामपन्थी नेतृत्व विजयी भएको छ । प्रेस चौतारी र क्रान्तिकारी सङ्गठनको नयाँ गठबन्धनमा चौतारीका तर्फबाट शिव गाउँलेको नेतृत्वमा ३ वर्षका लागि नयाँ कार्यसमिति चयन भएको छ । ३१ सदस्यीय कार्यमितिमा एक सचिव र ५ सदस्यमात्र प्रजातान्त्रिक समूहका विजयी भएका छन् ।
गाउँलेले ६ सय ८५ प्रेस युनियनका पोषण केसीले ४ सय ४४ र व्यावसायिक समूहका केदार कोइरालाले १ सय २२ मत पाउनुभएको थियो । नयाँ कार्यमितिको उपाध्यक्षमा यशोदा ति_िम्सना महासचिवमा ओम शर्मा सचिवमा जगत नेपाल र कोषाध्यक्षमा शितल शाह निर्वाचित हुनुभएको छ ।
उपाध्यक्षमा निर्वाचित ति_िम्सनाले ६ सय ६७ मत पाउनुभयो भने रमेश विष्टले ५ सय ४६ मत पाउनुभयो । महासचिवमा ओम शर्माले ६ सय ५ र युनियनका रामजी दाहालले ६ सय २ मत पाउनुभयो । सचिवमा विजयी नेपालले ६ सय ३५ मत पाउनुभएको छ भने क्रान्तिकारीका चन्द्रमान श्रेष्ठले ५ सय १३ मत पाउनुभयो । कोषाध्यक्षमा चौतारीका शितल शाहले ४ सय ९८ मत पाएर विजयी हुनुभएको छ । कार्यमितिमा निर्वाचित केन्द्रीय सदस्यमा अधिकांश चौतारी-क्रान्तिकारी प्यानलका छन् ।
३१ सदस्यीय कार्यमितिका लागि ९८ उम्मेदवार प्रतिस्पर्धामा थिए । निर्वाचनमा विदेशका ५ शाखासहित देशभरका १ हजार ३ सय २० प्रतिनिधि सहभागी थिए । ती मध्ये १२ सय ६० मतदाताले निर्वाचनमा भाग लिएका थिए । जितपछि नवनिर्वाचित अध्यक्ष गाउँलेले तीन दिनभित्र कार्यमिति बैठक बसेर महासङ्घको नयाँ योजना तय गर्ने बताउनुभयो । उहाँले यो पटकको कार्यसमितिको विजयले नयाँ इतिहास रचेको पनि बताउनुभयो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !