नीति विपरित नचल्न प्रचण्डलाई वैद्यको चेतावनी


सिन्धली दर्पण/वैशाख २२,
एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले सहमति विपरितका निर्णय नगर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिनुभएको छ । 

बिहान अध्यक्ष प्रचण्ड निवास नयाँ बजारमा पुगेर वैद्यले गृहमन्त्रीमा कृष्णबहादुर महराको छनौट र मन्त्रीको सिफारिसका विषयमा असन्तुष्टि व्यक्त गर्नुभएको हो । अध्यक्ष प्रचण्डले छलफलबाट फेरि पनि समस्या समाधान गर्न सकिने आश्वासन दिनुभएको स्रोतले जनाएको छ ।

 अहिले पनि अध्यक्ष प्रचण्ड उपाध्यक्ष वैद्य र केही नेताहरुबीच पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा छलफल चलिरहेको छ । छलफलमा वैद्य पक्षको असन्तुष्टि र पार्टीभित्रको विवादका विषयमा कुराकानी भइरहेको स्रोतले जनाएको छ । 
 सहमतिका लागि मध्यस्थताको भूमिका खेल्न अध्यक्ष प्रचण्डले महासचिव रामबहादुर थापा बादलसँग पनि आग्रह गर्नुभएको छ । नयाँ बजारमा प्रचण्डले महासचिव बादलसहितका केही नेताहरुसँग छलफल गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

Related

राष्ट्रिय 3543605789108594899

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item